Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समाज रुपान्तरणमा युवाको भुमिका महत्वपुर्ण : नगर प्रमुख थारु

Milan Ghimire by Milan Ghimire
December 30, 2019
in जनता स्पेसल, टिभि, समाचार, सूचना प्रविधि
0
समाज रुपान्तरणमा युवाको भुमिका महत्वपुर्ण  : नगर प्रमुख थारु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने कपिलवस्तु पुस १४,

समाज रुपान्तरणमा युवाको भुमिका महत्वपूर्ण आधार हुने वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले बताउनु भएको छ । बुद्ध शान्ति युवा क्लवले आयोजना गरेको रतmदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गदै उहाँले यस्तो बताउनु भएको हो । चेतनशील र उर्जावान् युवाहरु राष्ट्रिय विकासका निमित्त लाग्न जरुरी रहेको बताउदै स्वस्थ तथा अनुशासित नागरिक र समाजको सृजना गर्न युवाशक्ति प्रमुख आधारको रूपमा लिइने उहाँले तर्क गर्नु भयो ।
वडा नम्बर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले परिवार, समाज र राष्टकै राजनैतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणको लागि मात्र नभई शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई उज्यालो मुहारमा बदल्न युवाको महत्वपूर्ण योगदान रहने बताउनु भएको छ । लिटिल स्टार बोडिङ स्कुलका प्रिन्सिपल सुन्दर पाण्डे, समाजसेवि रविराज काफलेले कार्यक्रममा बोल्दै आपसी सद्भावको भावलाइ आत्मसात गर्दै समाज परिवर्तन, देश विकासमा लाग्नु युवाको जिम्मेवारी रहेको बताउनु भयो । बुद्ध शान्ति युवा क्लपले देउसि भैलोबाट गरेको कामको प्रशंसा गदै आगामि दिनको शुभमामा दिनु पनि भएको थियो ।

दयाराम शर्माको अध्यक्षता, क्लपका सदस्य सरोज घिमिरेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन चन्द्रकान्त न्यौपानेले गर्नु भएको थियो । क्लबका कोषध्यक्ष कार्यक्रमका संयोजक कमल प्रसाद भुषालले क्लवले गरेका कामको बारेमा बताउदै आगामी दिनमा क्लवले अझै रामा्र काम गर्ने बताउनु भयो । खोदारी लिटिल स्टार बोडिङ स्कुलमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि बुटबल शाखाका बरिष्ट ल्याप टेक्निसन वारीस अलि खाँ, विभिन्न संगसंस्था, स्थानिय, बुद्धिजिवी समाज सेवि लगायतको बाक्लो उपस्थित रहेको थियो । बुद्ध शान्ति युवा क्लबले श्री हेमराज उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष धुव प्रसाद नेपाल सहित १६ जनालाई आजिवन सदस्यताको प्रमाण प्रत्र र सहयोग गर्ने सम्पुर्णलाई मायाको चिनो प्रदान गरेको छ । १० जना दृष्टिविहिनहरुलाई जेष्ठ नागरिक दुर्गा प्रसाद सुवेदीबाट कम्बल पनि वितरण गरिएको छ । बुद्ध शान्ति युवा क्लवले आयोजना, वाणगंगा नगरपालिका वडा नम्बर ११ वडा कार्यलय, ओदारी टोल विकास संस्था, नेपाल रेडक्रस सोसाईटी बुटवल शाखाको समन्वयमा भएको कार्यक्रममा रक्तदान,जिवनदान नै माहादान भनेर ५८ पोईन्ट रगत संकलन भएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अदिति घिमिरे कपको समापन

Next Post

गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग अन्तरक्रिया

Next Post
गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग अन्तरक्रिया

गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग अन्तरक्रिया

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.