Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग अन्तरक्रिया

Milan Ghimire by Milan Ghimire
January 5, 2020
in अर्थतन्त्र, जनता स्पेसल, शिक्षा, समाचार
0
गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग अन्तरक्रिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, पुस २०,

रामेछाप पोलिटेक्निक इन्ष्टिच्यूटले दिंदै आएको शिक्षालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ । पोलिटेक्निक इन्ष्टिच्यूटले गर्दै आएको शैक्षिक गतिविधि, स्थानीय सरकार तथा सरोकारवासँग गर्न सकिने समन्वय र सहकार्य साथै पोलिटेक्निक इन्ष्टिच्यूटले पु¥याउन सक्ने थप योगदानको बारेमा छलफल गरिएको हो ।
रामेछाप पोलिटेक्निक इन्ष्टिच्यूटले अहिले बाली विज्ञान र पशु विज्ञान विधामा अध्यापन गराउँदै आएको छ । बाली विज्ञान अन्तर्गत ब्यवसायिक च्याऊ खेती, कौसी खेती, ब्यवसायिक तरकारी खेती, नर्सरी ब्यवस्थापन र सु–स्वागत प्रोजेक्ट गरि ५ वटा प्रोजेक्ट अन्तर्गत अध्ययन, अनुसन्धान र अध्यापन भइरहेको छ ।

कौसी खेती अन्तर्गत घरको छतमा प्लाष्टिको ड्रममा तरकारी तथा खोर्सानी खेती गर्ने विषयमा अध्यापन गराइन्छ भने ब्यवसायिक तरकारी खेती अन्तर्गत गोलभेडा, आलू लगायतका तरकारी बाली लगाउने तरिका र बजार ब्यवस्थापनको विषयमा अध्ययापन भइरहेको शिक्षालयले जनाएको छ । त्यसैगरी उत्पादन भएको तरकारिले तत्कालै बजार नपाएको अवस्थामा सुरक्षित गोदाम कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि अध्ययन अध्यापन भइरहेको छ । सु–स्वागत योजना अन्तर्गत मूत्र संकलन गरेर कम्पोष्ट मल बनाउने तरिकाको बारेमा अध्ययन अध्यापन भइरहेको छ ।

तरकारी बारीमा लाग्ने रोग नियन्त्रणको लागि स्थानीय झारपातबाटै विषादी तयार गर्ने गरिएको छ । शिक्षालयले विषादीरहित तरकारी उत्पादन गर्नेतर्फत विद्यार्थीलाई प्रेरीत गरिरहेको छ ।
विद्यार्थीलाई अभ्यासको लागि जग्गा अपर्याप्त भएको शिक्षालय प्रमुख हरि पौडेलले बताए । शिक्षालयको लागि सामुदायिक बनले २ सय रोपनी र मन्थली माध्यमिक विद्यालयले ५५ रोपनी जग्गा दिएको भए पनि सो जग्गा अभ्यासको लागि पर्याप्त नभएको उनको भनाई छ ।
त्यसैगरी अर्को समस्याको रुपमा खानेपानी रहेको शिक्षालयको भनाई छ । शिक्षालय क्षेत्रको घेराबार, कर्मचारी र विद्यार्थीको लागि बस्ने ब्यवस्था गर्नु आवश्यक रहेको शिक्षालय प्रमुख पौडेलले बताए । शिक्षालयको समस्या समाधानको लागि बजेट विनियोजन गरिदिन पौडेलले मन्थली नगरपालिकालाई अनुरोध समेत गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा आफ्ना भनाई राख्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले कार्यक्रम बनाएर नगरपालिकामा पेश गर्न आग्रह गर्दै आगामी वर्षको बजेटमा शिक्षालयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताएका छन् । अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले बन र हाइड्रोपावरको विषय पनि अध्यापन गराउनु पर्ने धारणा राखेका थिए । जिल्लाको प्राविधिक र कृषि क्षेत्रको विकासको लागि शिक्षालयसँग सहकार्य गरे अगाडि बढ्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

समाज रुपान्तरणमा युवाको भुमिका महत्वपुर्ण : नगर प्रमुख थारु

Next Post

कपिलवस्तुमा राष्ट्रिय च्याउ जागरण अभियानको

Next Post
कपिलवस्तुमा राष्ट्रिय च्याउ जागरण अभियानको

कपिलवस्तुमा राष्ट्रिय च्याउ जागरण अभियानको

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.