Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कपिलवस्तुमा राष्ट्रिय च्याउ जागरण अभियानको

Milan Ghimire by Milan Ghimire
January 5, 2020
in अर्थतन्त्र, टिभि, फिचर, विचार, शिक्षा, समाचार
0
कपिलवस्तुमा राष्ट्रिय च्याउ जागरण अभियानको
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने , सुनिता बेल्बासे पुष २०,

समृद्ध नेपाल सुखि नेपाली बनाउन सरकारले कृषि क्षेत्रमा लगानी गर्न आवश्यक रहेको प्रदेश सांसद विष्णु पन्थीले बताउनु भएको छ । च्याउ उत्पादक बितरण सघ नेपालले आयोजना गरेको राष्ट्रिय च्याउ जागरण अभियानको कार्यक्रमलाई शुक्रबार कपिलवस्तुमा सम्बोधन गदै उहाँले देशको सबै भन्दा ठूलो विकास कृषि बाट हुने बताउनुभयो । कार्यक्रममा निर्वाहमुखी कृषि भन्दा पनि व्यवसायिक कृषि क्षेत्रमा लाग्न सांसद पन्र्थीले किसानलाई आग्रह गर्नु भएको छ । देशभरिका च्याउ किसानहरु एक हौ भन्ने मुल नाराका साथ पौष ९ गतेबाट सुरु भएको राष्ट्रिय च्याउ जागरण अभियानको टोलि शुक्रवार कपिलवस्तु वाणगगामा आएको हो । पौष ५ गतेबाट पुर्वको मेची काँकडभिट्टाबाट बाट सुरुभएको अभियान पौष २९ गते पश्चिम महाकाली हुँदै पुनः काठमाडौ गएर सम्पन्न हुने छ । शुक्रबार सम्म अभियानले १८ वटा स्थानिय तहमा कार्यक्रम गरिसेको संघका अध्यक्ष प्रेमनारायण अधिकारीले बताउनुभयो । यात्रामा मेचीदेखि महाकालीसम्मका २९ वटा स्थानमा च्याउ किसान, व्यवसायी, स्थानीय तहहरूसँग अन्तरक्रिया गर्दै जाने अध्यक्ष अधिकारीले बताउनुभयो । यात्रामा नेपाल सरकार कीट विकास केन्द्र हरिहरभवन ललितपुर, कृषक समूह महासंघ नेपाल, अष्टअभियान नेपाल र नेपाल कृषि उत्पादन तथा बजारीकरण सञ्जालको सहकार्य तथा एक्यबद्धता जनाएका छन् । जागरण अभियानमा कपिलवस्तु जिल्लाभरिका च्याउ कृषकको उपस्थिति रहेको थियो । स्वदेशमा उत्पादन भएको च्याउले बजार नपाएको च्याउ कृषकको गुनासो रहेको छ । बिदेशबाट आयातित च्याउलाई प्राथमिकतामा राखेको भन्दै सरकारले बजार प्रवद्दन गर्नु पर्ने किसानले माग गरेका छन् । च्याउ मानव स्वास्थका लागी आवश्य रहेको छ , कच्चा पद्धाथ पराल काठ खेर गैरहेको छ , सुखी नेपाली सवृद्ध नेपाल नारालाइ सार्थकता तुल्याउन कृषकका गुनासा सम्वोधन हुनुपर्ने किसानको भनाई रहेको छ । कार्यक्रममा वाणगंगा नगरपालिका नगर उपप्रमुख चक्रपाणि अर्याल, च्याउ उत्पादन किसान नगर शिक्षा शाखा प्रमुख बाबुराम भटराई, स्वास्थ्य शाखा प्रमुख ठकराज पौडेल लगायतले च्याउको महत्वको बारेमा बोल्नु भएको थियो । च्याउ व्यवसाय सघं प्रदेश नं ५ का कोषाध्यक्ष रमेश के सि को अध्यक्षता महेन्द्र ज्ञवालीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन प्रदेश सदस्य राजन पौडेलले गर्नुभएको थियो ।
जागरण अभियानका क्रममा कपिलवस्तुमा च्याउ उत्पादन किसान संघ गठन भएको छ । महेन्द्र ज्ञवालीको अध्यक्षतामा ११ सदस्यी समिति गठन गरिएको हो । जसको उपाध्यक्ष गोपाल वस्नेत, सचिवमा सुदिप न्यौपाने, कोषाध्यक्षमा गीता पोख्रेल रहनुभएको छ । अन्यमा सदस्यहरु रहनु भएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग अन्तरक्रिया

Next Post

राष्ट्रिय सभामा १८ जना नयाँ अनुहार फेरिँदै, अर्थमन्त्री खतिवडा दोहोरिने सम्भावना

Next Post
राष्ट्रिय सभामा १८ जना नयाँ अनुहार फेरिँदै, अर्थमन्त्री खतिवडा दोहोरिने सम्भावना

राष्ट्रिय सभामा १८ जना नयाँ अनुहार फेरिँदै, अर्थमन्त्री खतिवडा दोहोरिने सम्भावना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.