Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारहरुको मनोनयन दर्ता

Milan Ghimire by Milan Ghimire
January 5, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारहरुको मनोनयन दर्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस २०,

काठमाण्डौ । माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

दलका उम्मेदवारहरुले सबै प्रदेशको राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वेदुराम भुसाल र गंगा बेल्बासे मनोनयन दर्ता गराउनु भएको छ ।

त्यस्तै नेपाली कांग्रेसका हरिशरण श्रेष्ठ र छलिकुमारी शर्मा उपाध्याय तथा नेपाल मजदूर किसान पार्टीका कृष्ण बहादुर तामाङ र गीता काफ्लेले मनोनयन दर्ता गराउनु भएको छ ।

मनोनयन दर्तापछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेद्वार वेदुराम भुसालले प्रतिनिधि सभाले गरेको कामलाई राष्ट्रिय सभाले हेर्ने भएकाले कानुन निर्माणमा भएका कमजोरीहरुलाई सुधार्ने भूमिका रहने बताउनुभयो ।

त्यस्तै अर्का उम्मेद्वार गंगा बेल्बासे विश्वास अविश्वासका धेरै प्रश्न उठेकाले नीति निर्माणमा महत्वपूर्ण भूमिका निभाउने बताउनुभयो । नेपाली कांग्रेसका उम्मेदवार हरिशरण श्रेष्ठले प्रतिनिधि सभाले पास गरेका गलत खालका कानुनको सुधारमा आफ्नो भूमिका रहने बताउनुभयो ।

उहाँले सरकार अधिनायकवादी तरिकाले अगाडि बढिरहेको र राष्ट्रिय सभालाई प्रतिपक्षविहीन बनाउने बदनियत राखेकाले सशक्त आवाज उठाउने बताउनुभयो । त्यस्तै अर्का उम्मेदवार छलिकुमारी शर्मा उपाध्यायले गलत खालका नीतिहरु सच्याउन आफ्नो भूमिका रहने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य उम्मेदवार, नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्ममा मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था अनुसार दलका उम्मेदवारहरुले आ–आफ्नो प्रदेशमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

राष्ट्रिय सभामा १८ जना नयाँ अनुहार फेरिँदै, अर्थमन्त्री खतिवडा दोहोरिने सम्भावना

Next Post

मौसम : फेरि हिमपात र वर्षाको सम्भावना

Next Post
मौसम : फेरि हिमपात र वर्षाको सम्भावना

मौसम : फेरि हिमपात र वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.