मन्थली,२१ पाैष
रामेछापको गोकुल गंगा गाउँपालिकामा खानेपानीको धारा निमार्णको काम वडा नं–१ चुचुरेमा सम्पन्न भएको छ ।
आइतबार गाउँपालिकाका अध्यक्ष्य खड्क बहादुर सुनुवारले वडामा एक कार्यक्रमका बिच १ सय १८ वटा धारा स्थानीयलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले सोही कार्यक्रममा बोल्दै अब गाउँपालिकाका स्थानीयले पानीको समस्याबाट पिडित हुने दिन अन्त्य भएको बताउनुभयो ।
अध्यक्ष सुनुवारले नागरिको शुद्ध पिउनेको मात्रलाई ध्यानमा दिदै गाउँपालिकाको वार्षिक कार्यक्रम अन्र्तगत समावेश गरि गाउँपालिकाका सम्पुर्ण वडाहरुमा धारा निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
गोकुल गंगा गाउँपालिकाले आफ्ना सम्पुर्ण वडाहरुमा वार्षिक बजेट अनुसार एक घर एक धारा अभियान संचालन गरेको हो । जनता भ्वासका पत्रकारसंग कुरा गर्दै गाउँपालिकाका अध्यक्ष्य सुनुवारले चालुआर्थिक वर्षभित्र ८ सय ५० धारा बनाएर स्थानीयलाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।
पालिकाको आर्थिक सहयोगमा नागरिकले श्रम गर्ने र सम्पुर्ण सामाग्री पालिकाले उपलब्ध गरिरेको उहाँले बताउनुभयो ।
अध्यक्ष सुनुवारका अनुसार अहिले वडा नं १,२,३, ५, ६ मा धारा धमाधम निर्माण भैरहको छ भने वडा नं ४ मा केहि दिनबाटै काम सुचारु हेने छ । धारा बनेसंगै घरमै पानी आउन थाले पछि स्थानीहरु खुसी भएका छन् ।