Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा आएका डिएस्पीको जिकिर राजनीतिक दबाबमा काम गर्दिन,

Milan Ghimire by Milan Ghimire
January 16, 2020
in समाचार
0
रामेछापमा आएका डिएस्पीको जिकिर राजनीतिक दबाबमा काम गर्दिन,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ, ०२,

रामेछाप जिल्लामा भरखरै आउनुभएका डिएस्पी वसन्त पाठकले जिल्लाको सुरक्षा स्थानीयले अनुभुति गर्ने गरि गर्ने बताउनुभएको छ । आज जिल्ला प्रशासन रामेछापमा भएको परिचयात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

जिल्लामा गत पौष २३ गते बुधबार रामेछाप जिल्ला प्रहरीको प्रमुखको रुपमा जिल्ला प्रवेश गर्नुभएका पाठकले बिहिबार जिल्लामा सक्रिय पत्रकार, संचारकर्मीहरुसंग परिचय तथा भेटघाट गर्दै जिल्लाको अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

उहाँले समग्र जिल्लाको समस्या, भएका घटनाहरुको बारेमा उपस्थितहरुले जानकारी गराउर्दै त्यसलाई न्युनिकरण गराउने तर्फ जिल्ला प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

पाठकले कुनै राजनैतिक दवाबले अपराधीले छुट नपाउने बताउदै आफूले जिल्ला छाड्ने तर राजनैतिक दवाबलाई नमान्ने जिकिर गर्नुभएको हो।

उहाँले आफू जिल्लाको प्रहरी प्रमुख रहेसम्म कुनै दवाबमा अपराधिले उन्मुक्ति नपाउने जिकिर गर्नुभयो । साथै निर्दोष मानिसले दुःख नपावस् भन्ने कुरामा पनि आफू सचेत रहेको जानकारी दिनुुभयो । यस अघि जिल्लामा सन्तोष कुमार भट्टराइ रामेछापको प्रहरी प्रमुख हुनुहुन्थ्यो । उहाँ अहिले सरुवा भएर केन्द्रिय प्रहरी हेडक्वाटरमा जानुभएको छ ।

अन्तराक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले जिल्लामा शान्ति, सुरक्षा, अपराधिक गतिविधीलाई विभिन्न संयन्त्र परिचालन गरि त्यसलाई आगामी दिनमा नियन्त्रण गरि नागरिकको शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने प्रतिबद्धता जनाउनु भयो ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरीका इन्र्चाज प्रमुख रामेश्वर पाण्डेले जिल्लाको ट्राफिक ब्यवस्थापनलाई कडाई गर्ने, मन्थलीको सवारी पाकिङ्को ब्यवास्थापन गर्ने, विभिन्न गाउँमा जार्ने सवारी साधानलाई नियम विपरित चल्नबाट नियन्त्रण गर्ने र दुर्घटनालाई न्युनिकरण गर्न लागि, लागि परेको स्पष्ट पार्नुभएको छ । परिचयात्मक कार्यक्रममा जिल्लामा सक्रिय रुपमा विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजलगाएतमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मरिण महोत्सव माघ ७ गते देखि

Next Post

सिन्धुलीमा जन्ती सवार गाडी दुर्घटना, १३ घाइते

Next Post
ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा जन्ती सवार गाडी दुर्घटना, १३ घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.