४ माघ
प्रमुख दल र समितिसंक्रमणकालिन न्यायको विषय टुङ्ग्याउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आजपनि छलफल हुँदैछ । पीडितहरुको सुझावका आधारमा सत्य निरुण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न मोटामोटी सहमति भएपनि कुन–कुन विषय संशोधन गर्ने भन्ने विषयमा सत्तारुढ दलसंग सहमति भईनसकेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीवेरमा हुने छलफलमा पीडितले दिएको सुझाव तथा ऐनमा सर्वोच्चले खारेज गरेका केही प्रावधानबारे छलफल हुने नेकपा संसदीय दलका उपनेता सुभास नेम्वाङले जानकारी दिनुभयो । हत्या, वेपत्ता, यातना र बलात्कारजस्ता विषयमा मुद्दा चलाउउनु पर्ने, पीडितले सहमति दिएपछि मात्रै सत्य निरुपण गर्नुपर्ने लगायत ४ वटा विषय ऐनमा उल्लेख गर्न सर्वोच्चले आदेश दिएको छ । यसअघी नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल तथा कंग्रेस सभापति शेरवहादुर देउवा सहित हिजो बसेको बैठकमा पीडितहरुले दिएको सुझाव संकलनका आधारमा एैन संशोधन गर्ने सहमति भएको थियो । कांग्रेससंग हिजो भएको सहमति अनुसार ऐन संशोधनको मस्यौदा कानून मन्त्रालयले तयार पार्ने र संसदबाट पारित गराएर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने तयारी भइरहेको छ । आजको बैठकमा सर्वोच्चको आदेश सम्वन्धमा पनि छलफल हुने छ ।
यसैबीच, सत्य निरुपण तथा मेलमिलाप एवं वेपत्ता छानविन अयोगमा पदाधिकारी चयन गर्न सिफारिस समितिको बैठक आज वस्दैछ । दुवै आयोगमा पदाधिकारी सिफिारिसबारे आजको बैठकमा छलफल हुने समिति सदस्य शर्मिला कार्कीले जानकारी दिनुभयो ।