Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विधेयक संसदबाट पारित गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति

Milan Ghimire by Milan Ghimire
January 19, 2020
in जनता स्पेसल, समाचार
0
विधेयक संसदबाट पारित गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ ४,

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा गएको पुस २८ गते सातै प्रदेशमा गरेको छलफलमा उठेका सुझावका आधारमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सातै प्रदेशका द्वन्द्व पीडितका सुझावका आधारमा ऐन संशोधन गर्न विधेयक बनाउन कानुन मन्त्रालयलाई आग्रह गर्न दलहरू सहमत भएका हुन् । विधेयक संसदमा पेश गरेर पारित गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने नेताहरुबीच सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

६ वर्षअघि सर्वोच्च अदालतले पीडितमैत्री हुनेगरी ऐन संशोधन गर्न परमादेश दिएको थियो । यस्तै दलहरूबीच दुबै आयोगमा पदाधिकारी नियुक्तिबारे पनि सहमति जुटेको छ । पदाधिकारी सिफारिसका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वमा गठित समितिले दिएका नाममा सहमति गर्न दलहरू सहमत भएका छन् ।

समितिको बैठक आज बस्दैछ । समितिले सिफारिस गरेका नाम मन्त्रिपरिषदले पारित गर्नुपर्ने हुन्छ । बिहान भएको छलफलमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवाका साथै नेकपाबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपा नेता खिमलाल देवकोटा तथा कांग्रेस केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

दुई आयोगका पदाधिकारीको नाम सिफारिस

Next Post

रामेछाप कांग्रेसले बुझायो प्रधान्मन्त्रीलाई विरोध पत्र

Next Post
रामेछाप कांग्रेसले बुझायो प्रधान्मन्त्रीलाई विरोध पत्र

रामेछाप कांग्रेसले बुझायो प्रधान्मन्त्रीलाई विरोध पत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.