Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको एक मन्दिरमा ढुङगाबाटै बज्छ मादल,जेमाग्याे त्यही पुरा हुने

Milan Ghimire by Milan Ghimire
February 6, 2020
in फिचर, समाचार
0
रामेछापको एक मन्दिरमा ढुङगाबाटै बज्छ मादल,जेमाग्याे त्यही पुरा हुने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

माघ, २२,

रामेछाप । रामेछापको जिल्ला विभिन्न संस्कृतिक तथा धार्मिक रुपमा आफैमा चिर परिचित रहेको छ । त्यसैअन्र्तगत सानो शैलुङ्ग महादेव स्थान रामेछाप जिल्लाकै महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल हो तर प्रचार प्रसारको अभावमा यो मन्दिर आझेलमा रहेको छ । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ४ मा पर्ने यो मन्दिर अन्य भन्दा फरक छ । सामान्यतय हामीले पुज्ने, मान्ने, धार्मिक स्थलहरुमा कालिगढले निर्माण गरेका कृतिम मुर्तिहरु राख्ने गरेको पाइन्छ । तर सानो शैलुङ्ग महादेव स्थान अन्य मन्दीरहरु भन्दा नितान्तै फरक प्रकृतिको रहेको छ ।

अचम्म

त्याहाँ न कुनै कृतिम मुर्तिहरु छन् नत गजुर राखेर मानिसले निर्माण गरेको मन्दीर नै । उक्त मन्दिरमा जे जती मूर्तिहरु वा आकारहरु छन् ती सबै प्राकृतिक रुपमा आफै निर्मित छन ।

सानो शैलुङ्ग महादेव स्थानमा प्राकृतिक रुपमै करिब ६ फिट अग्लो शिवको आकार भएको प्राकृतिक निर्मित शिव लिङ्ग छ । त्यो बाहेक शिलाका थुप्रै मूर्ति वा आकारहरु छन्, ति मूर्ति वा शिलाका आकारहरु मानिसले निर्माण गरेको नभई प्राकृतिक रुपमै निर्मित भएका हुन् ।

विश्वास

सानो शैलुङ्ग महादेवलाई करिब ४ सय वर्ष पहिलेदेखि पुज्न थालिएको स्थानीय नवराज थापामगरले बताउनुुभयो । उहाँको अनुसार महादेव स्थानको नजिकै गोठमा पालिएको गाईले गोठला र बाच्छालाई दूध नदिने, दिउसोभरी गाई गोठमा नबस्ने र साँझमा बास बस्नमात्र आउने गरेपछि, दिनभरी गाई कहाँ जादोरहेछ भनि गाईको पिछा गर्दै जाँदा महादेव स्थानको शिवलिङ्गमा गाईले दूध दिएको फेला परेपछि महादेवलाई पूज्न थालिएको जानकारी दिनुभयो ।

भक्तजन

जहाँ जहाँ शिवको मूर्ति वा आकार छ त्यसको ठीकमाथि गाईको थुन आकारको शिला छ । गाईको थुनको आकार भएको शिलाबाट शिवको मूर्तिको शीरमा निरन्तर पानीको थोपा चुइरहन्छ । शिवको मूर्तिको शिरमा चुइरहने पानीको थोपा हातमा थाप्दा दूध बनेको काठमाडौं जोरपाटीबाट दर्शन गर्न आएकी भक्तजन भगवती चौलागाईले बताउनुभयो । सानो शैलुङ्ग महादेव स्थानमा लक्ष्मीको भण्डारखाल रहेको पनि जनविश्वास रहिआएको छ । महादेव स्थानमा प्रकृति निर्मित पापद्धार धर्मद्धार पनि रहेको छ ।

  • भक्तजन
  • मेलाकाे झलक
  • ढुङगाबाट बज्रने मादलकाे दुङ्रगा
  • मेला
  • मन्दिर
  • भक्तजन

स्थानीय बुढापाकाका अनुसार पहिला÷पहिला भक्तजनहरु आएर महादेव स्थानमा नारायण पूजा लगाउने गर्ने गर्दथे । नारायण पूजाका लागि आश्यक पर्ने सामानहरु माना, पाथी, थाली जस्ता बस्तुहरु अगाडि आएर बस्दथ्यो र पूजा सकिएपछि ती सामानहरु पुनः अलप हुने गर्दथ्यो । सानो शैलुङ आसपासकै एक जना तामाङले तामाको खड्कुला माग्दा दिएको र त्यो खड्कुलामा तामाङले गाईको मासु पकाएदेखि प्रत्येक्ष रुपमा भाँडाहरु दिन छोडेको भनाई छ ।
त्यसैगरी स्थानीय गोठलाले गाई माग्दा गाई दिएको र गाई मान्छेको पछिपछि पनि आएको तर गोठलाले गाई कतिवटा आएछ भनि पछाडि फर्किएर हेर्दा गाई अलप भएको किंबदन्ती रहेको छ ।
महादेव स्थानमा एउटा ढुङ्गा छ, त्यो ढुङ्गालाई मादलझै बजाउँदा अहिले पनि मादलकै आवाज आउँछ । त्यो ढुङ्गामा जो कोहीले पनि मादल बजाउन सक्छन् । स्थानीय बुढापाकाहरुका अनुसार पहिला नारायण पूजा लगाएर राति जागराम बस्नेहरुले यही ढुङ्गालाई मादल बजाएर भक्तजनहरु नाच्ने गाउँने गर्दथे ।

सो महादेव स्थानमा वर्षको ४ पटक मेला लाग्ने गर्दछ । श्रावणको जनैपूर्णिमा, मंसिरको बालचतुर्दशी वा सद्विऊ छर्ने औँसी, पौषपूर्णिमा र शिवरात्रीमा मेला लाग्ने गर्दछ । जनैपूर्णिमामा भक्तजनहरुले महादेव स्थानमा गएर अन्न बाली, सम्पत्ती, गाई बस्तु माग्दछन् भने बालचतुर्दशी वा सद्विऊ छर्ने औसीमा पितृहरुको नाममा बत्ती बालेर रातभरी जागराम बस्ने गर्दछन्स यो मेला दुई दिनसम्म लाग्दछ ।

मेला

मेला

त्यस्तै पौष पूर्णिमाको अवसरमा ८ दिनसम्म मेला लाग्दछ । सानो शैलुङ्ग महादेव स्थानमा लाग्ने यो सबैभन्दा ठूलो मेला हो । शिवरात्रीमा ३ दिनसम्म मेला लाग्द छ । अन्य बेलामा घण्ट, तामाको तिर्सुल, दूध, दही र फलपूmल चढाउने गरिए पनि शिवरात्रीमा भने शिवले गाँजा मनपराउने भएकाले गाँजा पनि चढाउने चलन रहेको सानो शैलुङ्ग संरक्षण समितिको अध्यक्ष खडानन्द थापामगरले बताउनुभयो ।

सानो शैलुङ्ग महादेव स्थानमा आएर पूजाआजा गर्नेहरुको मनोकांक्षा पूरा भइरहेको पनि संरक्षण समितिका अध्यक्ष मगरको भनाई छ । बच्चा नहुने आएर बच्चा माग्दा बच्चा हुने, धन माग्दा धन प्राप्त हुने, अहिलेसम्म जे माग्यो त्यही प्राप्त हुँदै आएको छ मगरले भन्न्भयो । आजभन्दा करिब २० वर्ष पहिले एक जना महिलाले रित्तो कोक्रो बोकेर आई बच्चा मागेर गएको र त्यसको पछिल्लो वर्ष कोक्रोमा बच्चा बोकेर आएको उउहाँले बताउनुभयो । त्यसको साँक्षी आफै भएको पनि बताउनुभयो । सानो शैलुङ्गमा लाग्ने मेलाहरुमध्य विशेषगरी पौषपूर्णिमाको मेलामा टाढाटाढाबाट भक्तजनहरु आउँने गर्दछन् ।

धामी,


सानो शैलुङ्ग धार्मिक तथा पर्यटकीय स्थल समेत भएकाले भक्तजनहरुको भिडभाड हुने गर्दछ । भक्तजनहरुको सहजताको लागि गाउँपालिका र वडा कार्यालय मार्फत सडक, रेलिङ्ग, खानेपानी, शौचालय लगायतका केही संरचनाहरु निर्माण गरिएको भए पनि पर्याप्त भने नभएको दोरम्बा गाउँपालिका–४ का वडा सदस्य रोहित मगरले बताउनुभयो । सानो शैलुङ्गको विशेषताको बारेमा प्रचार हुने हो भने भक्तहरुको धुइरो लाग्ने अवस्था रहेको पनि दाबी गर्नुभयो ।
सानो शैलुङ्ग महादेव स्थान क्षेत्रको विकास गर्नु आवश्यक रहेको उनको भनाई छ । पहिलेको तुनामा अहिले केही विकास भए पनि डिपीआर नगरी काम गर्दा कस्तो खालको संरचना निर्माण गर्ने र कति बजेट लाग्छ भन्ने एकिन नहुँदा सोचेअनुसारको विकास हुन नसकेको मगरले गुनासो गर्नुभयो । भक्तजनहरुको सहजताको लागि डिपीआर गरेर त्यस क्षेत्रको विकास गर्नुपर्ने उहाँको भनाई छ ।

सानो शैलुङ्ग महादेव स्थान क्षेत्रको विकासको लागि ४ पटक गरि ३८ लाख रुपैयाँ बजेट परेको र त्यसबाट, महादेव थान सम्म पुग्ने सिडी निर्माण, रेलिङ, खानेपानी, शौचालय र केही घडेरीहरु खारेर घर निर्माण गरिको बताउनुभयो । भक्तजनहरुको लागि खाने बस्ने ठाउँ र सवारी पार्किङको समस्या रहेको पनि बताउनुभयो । डिपीआर गरेपछि बजेट माग्न, बजेट हाल्न र काम गर्न सहज हुने भएकाले पहिलो आवश्कता भनेकै डिपिआर गर्नु रहेको मगरको भनाई छ ।

सबैकाे पहलकाे अभाव

सानो शैलुङ्ग महादेव स्थान विकासको लागि वडाबाट मात्रै सम्भव नभएकाले गाउँपालिका, प्रदेश सरकार र संघीय सरकार नै लाग्नु पर्ने वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलकले बताउनुभयो । त्यसको लागि पहल भइरहेको पनि वडा अध्यक्ष मगरले जानकारी दिनुभयो ।

फाेटाे सुमित श्रेष्ठ , वरिष्ठ पत्रकार, जनता टेलिभिजनका जिल्ला संमादाता

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको गोकुलगंगामा कर्मचारीको मिलेमतोमा करोडौंको अनियमितता, धारा बनाउन ल्याएको सिमेन्ट निजी घर बनाउन प्रयोग,,

Next Post

नागरिकले सुशासन अनुभुती गर्ने गरि काम गर्दैछौं : नगर प्रमुख बस्नेत

Next Post
नागरिकले सुशासन अनुभुती गर्ने गरि काम गर्दैछौं : नगर प्रमुख बस्नेत

नागरिकले सुशासन अनुभुती गर्ने गरि काम गर्दैछौं : नगर प्रमुख बस्नेत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...