५ फागुन,
दोस्रो रामेछाप महोत्सवको तयारी पुरा भएको छ । नेपाल भ्रमण बर्ष २०२० र रामेछापको ब्यापार ब्यवासायलाई लक्षित गरी रामेछाप उद्योग वाणिज्य संघको आयोजनमा हुन लागेको दोस्रो रामेछाप महोत्सवको तयारी सकिएको हो । सोमबार संघले पत्रकार सम्मेलन गर्दै मगलबारदेखी १५ गते सम्म नौ दिन चल्ने महोत्सवको तयारी सकिएको जनाएको हो । महोत्सवको बाग्मती प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्रि कैलाश ढुंगेलले उद्धघाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । उद्धघाटनमा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने तयारी रहेको बताएको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउने,जिल्ला भित्रका विभिन्न जातजातीका झाँकी प्रदर्शन, कृषि उपज, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने गराउने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न हेलिकप्टरबाट मन्थली शैलुङ उडान भर्ने, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रत्येक दिन गायन नृत्यसहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन गर्ने, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग, रामेछापको वृतचित्र प्रद्धशनी आदि महोत्सवका मुख्य आकर्षणहरु रहेको रामेछाप वाणिज्य संघले जनाएको छ ।

संघले दिएको जानकारी अनुसार मोहत्सवमा ४७ लाख २० हजार खर्च हुने छ । एक लाख बढी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
जिल्ला समन्वय समिति नजिकको खुल्ला प्राङगणमा गरिने महोत्सवमा ७० ओटा स्टलहरु तयार गरिएको छ । आजसम्म सबै इस्टलहरु बुकिङ भैसकेको र आवश्यक्ता अनुसार थपन सकिने बताएको छ । महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघ, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह–आयोजक रहेका छन् ।



