फागुन, ०६,
रामेछाप जिल्लामा पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा परित्याग् गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको छ । सोमबार मात्रै जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं ७ का ७३ जना स्थानीयहरु नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
गाउँपालिका तील्पङुको ताप्केमा सोमबार आयोजित एक धार्मिक कार्यक्रमका बिच उनीहरु नेकपाका कार्यकर्ताहरु तथा नेताहरुले आफुहरुलाई धोका दिएको झुटो बोलेको, स्थानीयहरुलाई कुनै सहयोग नगरेको भन्दै कांग्रेसमा प्रवेश गरेको पार्टी प्रवेश गर्नेहरुले सामुहिक रुपमा बताएका छन् । उनीहरुले कांग्रेसले जनताहरुलाई झुटो नबलेको जिकिर गरेका छन् ।
कांग्रेसका जिल्लाका नेताहरु गत चुनावमा हार ब्यहोरेको भएपनि उनीहरुले चुनावी मैदानमा उत्रीदा गरेका प्रतिवद्धता जनाएका बाचाहरु पुरा गर्न लागेका छन् । विभिन्न एम्बुलेन्स्, शव वहान, जिल्लाका विद्यालहरुलाई आर्थिक तथा भौतिक सहयोग, सुत्केसी हुन नसकेका महिलाहरुको उद्धार लगाय विभिन्न उदाहरणीय काममा नेपाली कांग्रेसका जिल्लाका नेताहरु पछिल्लो समय आहोरात्त खाट्न थानलेका छन् ।
नेकपा परित्याग गर्दै उनीहरु कांग्रेसमा प्रवेश पाएपश्चात खुसी मनाएका छन् । उनीहरु एकै गाउँ र टोलकाहुन । पार्टी प्रवेश गराउदै नेपाली कांग्रेसका सभापति लवश्री न्यौपानेले आगामी दिनमा स्थानीयहरुको माग र आवश्यकतालाई ध्यानमा राखेर जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्लाका दर्जन बढी नेताहरुको सहभागिता रहेको थियो ।