Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गायक प्रकाश कटुवाल ज्यान मार्ने मुद्धामा प्रहरी हिरासतमा : मोहत्सवमा आउने नआउने अनिश्चत

Milan Ghimire by Milan Ghimire
February 18, 2020
in जनता स्पेसल, समाचार
0
गायक प्रकाश कटुवाल ज्यान मार्ने मुद्धामा  प्रहरी हिरासतमा : मोहत्सवमा आउने नआउने अनिश्चत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

६ माघ,

रामेछाप जिल्लामा दोस्रो रामेछाप मोहत्सव चलिरहदा रामेछापकै एक चर्चित लोक गायक प्रकाश कटुवाल भने पक्राउ परेका छन् । तनहुँ बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा रामेछाप निवासी चर्चित लोक गायक कटुवाल पक्राउ परेका हुन । जिल्ला सदरमुकाम मन्थलीमा मंगलबार देखी मोहत्सवको आयोजना गरिएको छ । विभिन्न कलाकारहरुको उपस्थिति रहने मोहत्सवमा कटुवालको प्रस्तुती पनि रहने बताएको थियो । तर उनी पक्राउ परेसंगै कटुवाल मोहत्सवमा आउने किनआउने भन्ने विषय अन्यौल भएको छ । जिल्लामा उनका धेरै श्रोता तथा फ्यानहरु हरेका छन् ।


कटुवाल भने गुरुङको परिवारले गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरे पश्चात पहरी हिरासतमा रहेका छन् । गुरुङकी छोरी सोनीकाले गत सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालका अनुसार जाहेरीसँगै गायक कटुवाललाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढारहेको बताउनुभएको छ ।

घाइते गुरुङ

शनिबार पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडी बान्ता गरेपछि त्यही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य विवाद भएको थियो । केही समयको विवादपछि दुई पक्षबीच सहमति भई मिलापत्र भएर गायक पोखरा गएका थिए । साँझ घरमा खाना खाइरहेको अवस्थामा व्यवसायी गुरुङलाई मास्क लगाएर मोटरसाइकलमा आएका दुई व्यक्तिले एक्कासी रडले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए ।
घाइते गुरुङको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी छ । प्रहरीका अनुसार गुरुङको अवस्था गम्भीर छ । आक्रमणमा गायक कटुवाल संलग्न भएको आरोप पीडितका परिवारले लगाएका छन् । तर पक्राउ पर्नु अघि गायक कटुवालले परिवार र आफन्तसँग आफू घटनामा संलग्न नभएको दावी गरेका छन् । कटुवालले आफू निर्दोष रहेको बताउदै घटना घटेको अवस्थामा आफू पोखरामा भएको बताएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा नेकपा परित्याग गर्नेको लहर, एक गाउँपूरै कांग्रेसमा प्रवेशमा

Next Post

दोस्रो रामेछाप महोत्सवको औपचारीक रुपमा उत्घाटन,पुष्पबृष्टीमा धुलो बृष्टी भिडियो सहित

Next Post
दोस्रो रामेछाप महोत्सवको औपचारीक रुपमा उत्घाटन,पुष्पबृष्टीमा धुलो बृष्टी भिडियो सहित

दोस्रो रामेछाप महोत्सवको औपचारीक रुपमा उत्घाटन,पुष्पबृष्टीमा धुलो बृष्टी भिडियो सहित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...