फागुन,०६
दोस्रो रामेछाप महोत्सव औपचरीका रुपमा सरुभएको छ । रामेछापको मन्थलीमा मंगलबार ६ गतेदेखी १५ गते सम्म चल्ने मोहत्सव जिल्ला समन्वय समितिको प्रागणमा सुरुभएको हो । महोत्सवको बाग्मती प्रदेशका आर्थिक योजना तथा मन्त्रि कैलाश ढुंगेलले पानसमा बत्ति बालेर उद्धघाटन गर्नुभएको हो । उद्धघाटनमा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने क्रममा धुलोका कारण उपस्थित मानिसहरु एकैछिन आत्तिएका थिए । साथै सडक छेउछाउमा सजाएको विभिन्न तोरणहरु, घरछेउका विभिन्न समाग्रीमा क्षेती पुगेको छ । भ्रमण बर्ष २०२० र रामेछापको ब्यापार ब्यवासायलाई लक्षित गरी रामेछाप उद्योग वाणिज्य संघको आयोजनमा दोस्रो रामेछाप महोत्सवको आयोजना गरिएको छ ।
आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउने,जिल्ला भित्रका विभिन्न जातजातीका झाँकी प्रदर्शन, कृषि उपज, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने गराउने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न हेलिकप्टरबाट मन्थली शैलुङ उडान भर्ने, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रत्येक दिन गायन नृत्यसहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन गर्ने, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग, रामेछापको वृतचित्र प्रद्धशनी आदि महोत्सवका मुख्य आकर्षणहरु रहेको छ ।
४७ लाख २० हजार खर्च हुने मोहत्सवमा एक लाख बढी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । जसमा पहिलो दिननै करिब ४ हजारले अवलोकन गरेका छन् ।