फागुन ०७ ,
रामेछापको सदरमुकाम मन्थलीमा मंगलबारदेखी सुरुभएको दोस्रो रामेछाप महोत्सवमा आज दोस्रो दिन भोजराज काफ्ले,गणेस के सि, बेली डान्सर सबिना राई लागयतका कलाकारहरुको उपस्थिति भएको छ । आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउने, जिल्ला भित्रका विभिन्न जात जातीका झाँकी प्रदर्शन, कृषि उपज, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन, हेलिकप्टरबाट मन्थली शैलुङ भ्रमण उडान, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग, रामेछापको वृतचित्र प्रद्धशनी, तामाकोसी नदिमा ¥याफ्टिङग सेवा, स्थानीय तथा राष्ट्रिय कलाकारबाट गायन नृत्यसहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन सहितको भब्य रुपमा भैरहेको छ । कार्यक्रममा भोलि बिहिबार चर्चित गायक यस कुमारको प्रस्तुती रहने आयोजन जानकारी दिएको छ । ४७ लाख २० हजार खर्च हुने मोहत्सवमा पहिलो दिन चार हजार दर्शकले अवलोकन गरेका छन् । दोस्रो दिन भने अवलोकनको उपस्थिति न्युन देखिएको छ ।
अवलोकन कम हुनुमा पहिलो दिन उद्धघाटनमा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले एक पक्षिय ढंगाले प्रतिपक्षीलाई आरोप प्रत्यारोप लगाएको बुझिएको छ । उहाँले कांग्रेसका नेताहरुले काम नपाएको भन्दै उद्धघाटन सत्रमा आरोप लगाउनुभएको थियो । जनताका मनमा बसेका मन्त्रीले त्यस्तो एक पक्षि पाटीगत रुपमा प्रस्तुत भएको देखेर उपस्थितहरु चकित परेका थिए ।
यसैबिच मोहत्सव हेर्न जाने दर्शकशरुले अयोजकले प्रवेश गर्ने र बहारीने गेट्को उचित जानकारी उचित तरिकाले गर्न नसकेको बताएका छन् । जसको कारण अवलोकन गर्न जाने , आउनेहरुलाई समस्या भएको बताएको छ । मोहत्सव आगामी फागुन १५ गते सम्म चल्ने छ ।