Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रजातन्त्रले कर्तव्य प्रती निष्ठावान बनाएको रामेछापका प्रमुखहरुको दाबी

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, फिचर, समाचार
0
प्रजातन्त्रले कर्तव्य प्रती निष्ठावान बनाएको रामेछापका प्रमुखहरुको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन ७ रामेछाप ।

बुधबार (आज) ७० औं प्रजातन्त्र दिवस रामेछापमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा सदरमुकाम मन्थलीमा प्रभातफेरी तथा एक सभाको आयोजना गरि दिवस मनाएको छ । सो एक सभामा बोल्दै जिल्ला समन्वय समिती रामेछापका प्रमुख प्रेम बहादुर खड्काले मेलमिलाप र सद्भाव कायम गरेर रामेछापको विकास निर्माणलाई अगाडी बढाउँन प्रजातन्त्र दिवसले सबैलाई थप ऊर्जा प्रदान गर्ने विश्वास गर्नुभएको छ ।


त्यस्तै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले आर्थिक,सामाजिक रुपान्तरण जनताको चाहना भएकाले ती चाहना सम्बोधन गर्न प्रजातन्त्र दिवसले प्रेरित गर्ने दाबी गर्नुभयो ।
त्यस्तै रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुलुकमा प्रजातन्त्र स्थापना गर्नका लागि बलिदानी दिने शहीदहरुप्रति श्रदाञ्जाली गर्दै सबैको चाहाना राष्ट्रिय एकता, ऐकेवद्धता , सहिष्णुता ,भौगोलिक अखण्डता , दिगो शान्ति र सुशासन भएकाले यसलाई स्थापित गर्नका लागि सबैले आफ्नो कर्तव्य नभुली लाग्नुपर्नेमा जोड्दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की , नेपाल कम्युनिष्ट पार्टी नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान , समाजवादी पार्टीका जिल्ला अध्यक्ष सोनाम ग्यापक लगाएतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

नेपाल रेड्क्रस सोसाइटी रामेछाप

त्यस्तै ७० औ प्रजातन्त्र दिवसको अवसरमा नेपाल रेड्क्रस सोसाइटी रामेछापले फलफुल वितरण गरेको छ । रामेछापको सदरमुकाम मन्थलीमा रहेका तामाकोशी, सामुदायिक, पिएसि लगायतका अस्पतालहरुमा विभिन्न रोगको उपचार गराइ रहेका बिरामीहरुलाई सहयोग पु¥याउने उद्देश्यले फलफुल वितरण गरिएको रेड्क्रसका मन्त्री प्रकाश श्रेष्ठले जनताभ्वासलाई जानकारी दिनुभयो । विभिन्न आपत विपदमा सहयोग गर्दै आएको संस्थाले जिल्ला समन्वय समितिका सभापति प्रेम बहादुर खड्का र प्रमुख जिल्ला अधिकारी रुद्र शर्माको उपस्थितिमा विरामीहरुलाई फलफुल दिएको हो । उनीहरुले बिरामीहरुको स्वस्थ्य लाभको कामना गरेका छन् । देशैभरि आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

रामेछापका सबै स्थानीय तहमा कार्यक्रम

यता प्रजातन्त्रको अवसरमा रामेछापका आठ वटै स्थानीय तहहरुले औपचारीका कार्यक्रमको आयोजना गरि मनाएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

महोत्सवको दोस्रो दिन हाँस्य प्रस्तुती सहित तीन जना कलाकारको प्रस्तुती रहने,,भोली यस कुमार आउने

Next Post

रामेछापको सुनापतिमा दोस्रो अध्यक्ष कप खेल कुद प्रतियोगिता हुदै

Next Post
रामेछापको सुनापतिमा दोस्रो अध्यक्ष कप खेल कुद प्रतियोगिता हुदै

रामेछापको सुनापतिमा दोस्रो अध्यक्ष कप खेल कुद प्रतियोगिता हुदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...