Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको सुनापतिमा दोस्रो अध्यक्ष कप खेल कुद प्रतियोगिता हुदै

Milan Ghimire by Milan Ghimire
February 20, 2020
in खेलकुद, जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
रामेछापको सुनापतिमा दोस्रो अध्यक्ष कप खेल कुद प्रतियोगिता हुदै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

फागुण ०८,

रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा दोस्रो सुनापति गाउंपालिका अध्यक्ष कप–२०७६” हुने भएको छ । सुनापति गाउंपालिका खेलकुद विकास समितिद्धारा आयोजना गरिएको अन्तर वडा, क्लब खेलकुद प्रतियोगिता आगामी फागुन २३ गते देखि २६ गते सम्म सञ्चालन हुने सुनापति गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा सुनापति गाउँपालिका कार्यालय हिलेदेवीको खेल मैदानमा आयोजना हुने एक सुचना मार्फत जानकारी दिएको छ । सो प्रतियोगितामा भलिबल र ब्याटमिन्टन खेल समावेस गरिने जनाएको छ । प्रतियोगितामा सुनापति गाउंपालिका विभिन्न क्लब, संघ÷संस्था र वडाको टिम सहभागी हुने जनाएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ खेलाउन लागिएको प्रतियोगितामा सुनापति गाउँपालिकाको प्रायोजक रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ४४ हजार ४ सय ४४, द्वितीय ३३, हजार ३ सय ३३, तृतीय हुनेले २२ हजार २ सय २२, सान्तना हुनेले ११ हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै उत्कृष्ट व्यक्तिगत पुरस्कारको पनि ब्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडीहरुलाई १ हजार १ सय ११ ,उत्कृष्ट स्पाइकर ५ सय ५५, उत्कृष्ट सेटर ५ सय ५५, उत्कृष्ट ब्लकर ५ सय ५५ , उत्कृष्ट डिफेन्डर ५ सय ५५, उत्कृष्ट सर्भर ५ सय ५५ सहित सहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

यता ब्याटमिन्टन तर्फ प्रथम हुनेले ५ हजार ५ सय ५५, द्वितीय हुनेले ३ हजार ३ सय ३३ , तृतीय हुनेले २ हजार २ सय २२ र सान्तना हुनेले १ हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट व्यक्तिगत पुरस्कार तर्फ ५ सय ५५ सहित शिल्ड र प्रमाण–पत्रको ब्यवस्था गरिएको जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रजातन्त्रले कर्तव्य प्रती निष्ठावान बनाएको रामेछापका प्रमुखहरुको दाबी

Next Post

दोलखा भिमेश्वरमा पसिना आयो, राष्ट प्रमुख समक्ष पसिना लाने तयारी

Next Post
दोलखा भिमेश्वरमा पसिना आयो, राष्ट प्रमुख समक्ष पसिना लाने तयारी

दोलखा भिमेश्वरमा पसिना आयो, राष्ट प्रमुख समक्ष पसिना लाने तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...