Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अधिकांस सहकारी समस्यामा

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in समाचार
0
अधिकांस सहकारी समस्यामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,असार २१ ,

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले अधिकासं सहकारी समस्यामा रहेको बताएका छन् । सदरमुकाम मन्थलीमा शनिबार कोशिश कृषि सहकारीले आयोजना गरेको कोशिस सहकारी र कोशिस संग सरोकारीको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख बस्नेतले यस्तो बताएका हुन ।
उहाँले एकै किसिमका उद्देश्य भएका सहकारीले एउटै व्यक्तिलाई सदस्य बनाउँदै जाँदा आर्थिक कारोबारमा अपारदर्शिता कायम हुनुका साथै सहकारी र शेयर सदस्य बिचमा तालमेल मिल्न नसकेकोले सहकारीका सदस्य र सहकारी स्वयंलाई समेत समस्या पर्ने गरेको बताए ।
हाल मन्थली नगर भित्र मात्र ९० ओटा भन्दा बढी सहकारी संस्था रहेको भएपनि र धेरै जसो सहकारीको उद्देश्य एउटै भएकाले सहकारीका सदस्यहरुको आर्थिक विकासमा सहकारी अभियान सफल हुन नसकेको समेत नगर प्रमुख बस्नेतले बताएका छन् ।
साविकका मन्थली चिसापानी र तिल्पुङ्ग, गाविसका कुष्ठरोगबाट प्रभावित व्यक्ति र अपाङ्गता भएका व्यक्तिहरु लाई समुहमा संगठित गरि उनिहरुको सक्रियतामा १० वर्ष अघि संचालित कोशिश कृषि सहकारी संस्था लिमिटेडले अहिले ४० लाख बराबरको आर्थिक कारोबार गरीरहेको कार्यक्रम संचालक समेत रहेकी सहकारीकी सचिव कविता श्रेष्ठले बताइन ।
उनका अनुसार सहकारीले साविकको चिसापानी, मन्थली र तिल्पुङ गाविसलाई कार्यक्षत्र बनाएर अपाङ्गता भएका व्यक्ति र कुष्टरोगबाट प्रभावित व्यक्तिहरुलाई कृषि तथा आय आर्जन तर्फ लगाउँदै उनिहरुको आर्थिक र क्षमता विकासका लागि सहयोग पुग्ने गरी काम गरि रहेको छ ।
कोशिसमा हाल सहकारीमा १ सय ६५ जना सदस्य रहेका छन् । सहकारीले मुख्य कार्यक्षत्र साविकको चिसापानी, मन्थली र तिल्पुङ गाविसमा समूह गठन गरेर काम गरिरहेको छ । सहकारीले आगमी दिनमा आफ्नो कार्यक्षत्र विस्तार गर्ने पक्षमा रहेको समेत जानकारी गराएको छ ।

संस्थाका अध्यक्ष मोहन बहादुर बुढाथोकीको अध्यक्षतामा भएको उकार्यक्रममा उपप्रमुख माया कुमारी कार्की, जिल्ला सहकारी संघ रामेछापका कार्यबहाक अध्यक्ष हिमाल ढुङ्गेल, अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ ३ नं. प्रदेशका सदस्य बद्री नयाँघरे अपाङ्ग लगाएतले सहकारीको माध्यमबाट फरक क्षमता भएका व्यक्तिहरुले समाजमा उदाहरणिय काम गरेकोले यस्ता सहकारीलाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

इमेज बिजेता रामेछापका नेपालीलाई लोकस्टारमा गोल्डेन स्टार

Next Post

विद्यालमा राम्रोसंग नपढाउने शिक्षकको दिन गए

Next Post
विद्यालमा राम्रोसंग नपढाउने शिक्षकको दिन गए

विद्यालमा राम्रोसंग नपढाउने शिक्षकको दिन गए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.