Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्यालमा राम्रोसंग नपढाउने शिक्षकको दिन गए

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, समाचार
0
विद्यालमा राम्रोसंग नपढाउने शिक्षकको दिन गए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, असार ,२१

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नपढाउने शिक्षकका दिन गएको बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम जिल्ला परिषदको अवसरमा शानिबार मन्थलीमा नगर प्रमुख बस्नेतले यस्तो बताएका हुन् ।
उनले जिल्लाभरमा पठनपाठनमा ठगी गर्ने धेरै शिक्षकहरु रहेकोले ति शिक्षकहरुको दिन गएको बताएका हुन । उनले मन्थली नगरपालिकाको शैक्षिक सुधार गर्न आफु लागि पर्दा शिक्षक संगठनमा आबद्ध शिक्षक लगाएत अन्य शिक्षकहरुले नगरपालिका बिरुद्ध मुद्दा मामिला गरेकोले शिक्षकहरु शैक्षिक सुधारमा लाग्न नखोजेको आरोप लगाएका छन् । उनले अन्य गाउपालिका र नगरपालिकाका शिक्षकहरु सरुवा गर्दा केहि नहुने तर मन्थली नगरपालिकाले सरुवा गर्दा आकाशै खसे जस्तो मान्ने परम्परा ठीक नभएको बताएका छन् । मन्थली नगरपालिकाका ८ वटा बिद्यालयहरु मर्ज हुने सम्भावना रहेकोले फेरी त्यहा पढाउने शिक्षकहरु मन्थली नगरक्षेत्र भित्र जुनसुकै स्थानमा जान तयारी रहन आनुरोध समेत गरका छन् । उनले मन्थली नगरपालिकाका बिभिन्न योजनाहरुमा शिक्षकहरु नै उपभोक्ता समितिमा बस्ने गरेकोले उपभोक्ता समितिमा बस्नलागि लोभ नगर्न समेत अनुरोध गरका छन् ।
कार्यक्रमका अबसरका ने.क.पा का जिल्ला नेता आनन्द श्रेष्ठले यस संगठनमा आबद्ध शिक्षकहरु अनुशासित इमान्दार र लगनशिल भएमात्र गुणस्तरीय शिक्षा कायम गर्न सकिने कुरालाई जोड दिएका छन् । उनले आफ्नो माउ पार्टिले गरेका कृयाकलापका बारेमा विभिन्न टिका टिप्पणी पनि नगर्न अनुरोध गरका छन् ।
सो अबसरमा जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख भरत भट्टराई , शिक्षक संगठनका पुर्ब राष्ट्रिय परिषद सदस्य पबन राज पौडेल, मन्थली माबि मन्थलीका प्रधानाध्यापक टंक प्रसाद दाहाल, लगाएतले आ–आफनो मन्तब्य राख्दै शिक्षक हक हितमा शिक्षकसँग सम्बन्धित सबै संगठनहरु लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा ८ वटै पालिका बाट प्रतिनिधिका रुपमा आएका १ सय भन्दा बढि शिक्षकहरुको सहभागिता रहेको थियो । संगठनका अध्यक्ष टेक प्रसाद घिमिरेको अध्यक्षता र ३ नं प्रदेशका अध्यक्ष निर बहाुदर कार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अधिकांस सहकारी समस्यामा

Next Post

पानी माग्नको लागि एक लाख पीपलको पातमा राम राम लेखेर सुनकोशीमा बगाइयो

Next Post
पानी माग्नको लागि एक लाख पीपलको पातमा राम राम लेखेर सुनकोशीमा बगाइयो

पानी माग्नको लागि एक लाख पीपलको पातमा राम राम लेखेर सुनकोशीमा बगाइयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.