फागुन, २१,
रामेछापको बाम्तिभण्डार स्वस्थ्य चौकीको स्तर उन्नती हुनेभएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ स्थित बाम्तिभण्डार स्वस्थ्य चौकीको स्तरउन्नती हुने भएको हो । नेपाल सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजना अनुसार यो वर्ष २ सय ३६ पालिकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गरिने भएसंगै बाम्ति अस्पताल पनि पर्न सफल भएको हो ।
५ करोड ७५ लाख लागतमा भवन निर्माणधीन अवस्थामा रहेको अस्पतालको भुकम्प प्रतिरोधी, अत्याधुनीक भवन सहित सेवामा विस्तार हुन लागेको स्थानीय आङ देण्डी र्शपाले जानकारी दिनुभयो ।
स्थानीय पूर्व मन्त्री आङछिरि र्शपाको ८ रोपनी जग्गा सहयोगमा असार मसान्तमा सम्पन्न गर्ने गरि काम अहिले धमाधम भैरहेको छ ।
स्वास्थ्य चौकी बन्ने भएसंगै स्थानीय बासी, वडा , छिमेकी सोलुखुम्बु, ओखल्ढुङगा, दोलखा, लगायतका स्थानीयहरु खुसी भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको आइतबार गरेको पत्रकार सम्मेलनमा २ सय ३६ स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गर्न लागिएको मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभएको थियो ।
अधिल्लो वर्ष सरकारले २ सय ५१ पालीकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम प्रारम्भ भइसकेको छ ।
यस वर्षका लागि स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययन गर्नको स्वास्थ्य मन्त्रालयले सहरी विकास मन्त्रालयलाई पठाइसकेको छ ।