फागुन, २१,
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले जेष्ठ नागरिकहरुलाई नगरपालिकबाट कुनै पनि कसुर नराखी जेष्ठ नागरिकहरुको हितको लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बुधबार नगरपालिकामा जेष्ठ नागरिकहरु संग एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जेष्ठ नागरिकहरुको विभिन्न समस्याहरु आइरहेको समयमा समस्याको निराकरण गर्न भुमिका खेल्नै सहितको सम्बोधन गर्दै प्रमुख बस्नेतले नगरपालिकाले जेष्ठ नागरिकहरुको पक्षमा रहेको बताउनुभयो । उहाँले स्वस्थ्य चौकी, यातायात, सर्वजनिक स्थलहरुमा जेष्ठ नागरिकहरुको सेवारत स्थलमा सेवाको रुपमा काम प्रवाह गर्न सम्बन्धीत निकायलाई आग्रह पनि गर्नु भयो ।
त्यस्तै नगर उप प्रमुख मायाँ कुमारी कार्कीले जेष्ठ नागरिहरुको हितमा संविधानमा लेखिएका सबै हक अधिकारका उचित तरिकाले लाग्न सम्बन्धी सबैलाई आग्रह गर्नुभयो ।
त्यस्तै जिल्ला जेष्ठ नागरिक संघका अध्यक्ष नारायण दास श्रेष्ठले जेष्ठ नागरिहरुको समस्या, चुनौति, आगामी योजना, माग लगायतका विषयमा बोल्नु भएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक कोइरालाले नगरपालिकाले जेष्ठ नागरिहरुको पक्षमा गरिहरेको कामका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष, जेष्ठ नागरिक, सुरक्षा निकायका प्रमुख तथा प्रतिनीधि, संचारकर्मीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।