फागुन, २८,
रामेछाप । जिल्लाबाट यस वर्षको एसइई परीक्षामा ३ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी हुने भएका छन् । चालु आर्थिक वर्ष २०७६÷०७७ को आगामी चैत ६ गतेबाट सुरु हुने एस इ ई परीक्षामा नियमित र आंशिकतर्फ गरी जम्मा ३ हजार ४ सय २४ जना विद्यार्थीहरु परीक्षामा सामेल हुने भएका हुन् ।
परिक्षर्थीमा नियमिततर्फ ३ हजार ३ सय ३८ सहभागी हुने भएका छन् । आंशिकतर्फका ८६ जना विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनता भ्वासलाई जानकारी दिएको छ ।
प्राविधिक संकायतर्फको कम्युटर इन्जिनियरिङ विषयबाट २९ जना र पशुविज्ञान विषयका २७ जना गरी जम्मा ५६ जना प्राविधिक संकाय अन्तर्गतका विद्यार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्राविधिक सहायक बालकृष्ण खड्का जनता भ्वाससंग बताउनुुभयो । उहाँका अनुसार एस इ ई परीक्षाको लागि जिल्लाभर २० वटा परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि आवश्यक तयारीमा आफूहरु जुटिरहेको खड्को भनाई छ ।
गत वर्षको एसइ ई परीक्षामा सामेल भएका विद्यार्थीको तुलनामा यस वर्षको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको सङ्ख्यामा भने कमी आएको छ ।
गत वर्षको एस इ ई परीक्षामा सामेल भएका विद्यार्थीका तुलनामा यस वर्षको एसइई परीक्षामा ३ सय ४४ जना बराबरको संख्यामा कमी आएको हो । अघिल्लो वर्षको एसइई परीक्षामा नियमित र आंशिकतर्फका गरी जम्मा ३ हजार ७ सय ६८ जना विद्यार्थीहरु सहभागी भएका थि ।