Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भ्रष्टचार गर्नेलाई पद मुक्त गर्ने एस एस पी दाहालको चेतावनी

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, फिचर, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
भ्रष्टचार गर्नेलाई पद मुक्त गर्ने एस एस पी दाहालको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, २९,

रामेछाप । नेपाल प्रहरीका निमित्त प्रहरी निरीक्षक केशर कुमार दाहादलले भ्रष्टचार गर्ने कसैलाई पनि नछोडिने चेतावनी दिनुभएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बाग्मती प्रदेशको आयोजना तथा जिल्ला समन्वय समिति रामेछापको समन्वयमा भएको प्रहरी साझेदारी कार्याक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

एस एस पी दाहालले जुनसुकै ठाउँमा, प्रहरी ट्राफिक प्रहरीले भ्रष्टचार गरेको प्रमाण सहित पाएमा पदबाट ब्रखास्त गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नु भयो प्रहरी नेपाली जनताको हो, प्रहरीका कुनै पनि साथीहरुले कुनै बहानामा भ्रष्टचार गरेको पाएमा त्यसलाई निरुत्साहित गर्न त्यस्तालाई पदबाटै ब्रखास्त गरिन्छ ।,
त्यस्तै उहाँले प्रहरीले प्रदेशका विभिन्न ठाँउमा गरेका आतङकारी गतिविधि नियन्त्रण गर्न भुमिका खेलेको बताउदै आगामी दिनमा घटना घटेर निराकरणमा लाग्नु भन्दा घटना, घटन नदिन सबैमा जनचेतना फैलाउन सम्बन्धीत निकाएलाई सुझाव दिनुभयो ।

  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो

नेपाल प्रहरी सदैब जनताको साथमा रहेको उहाँको भनाई थियो । उहाँले कोरोना भाईरस एक ज्यानलेवा भाइरस भएकाले सुरक्षीत रहन आग्रह गर्नुभयो ।


कार्याक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देबी शर्माले जिल्लामा गरिएको प्रहरी साझेदारी कार्यक्रमले जनस्तरमा चेतनाको स्तर वृद्धि गरिएको दाबी गर्नुभयो ।

उहाँले जनस्तरमा फैलिएको प्रहरीको कामको बारेमा भएको सोचाइमा परिर्वतन ल्याउनको लागि सबै लाग्नु पर्नेमा जोड्दिनुभयो । उहाँले भन्नु भयो, प्रहरी बन्दुक पड्काउने, हत्कडी लगाउने मात्रै नभएर प्रहरी सबैको घर घरमा भएको अनुभुती गराउन लाग्नु पर्नेमा जोड्दिनुभयो ।

उहाँले कोरोना भाइरस जस्तै हिंसा र द्धन्द्ध एक किसिमको भाइरस भएको जानकारी दिदै आगामी दिनमा सो भाइसर नियान्त्रण गर्न प्रहरी स्थानीय सरकार, राजनीतिक निकाय, संचारकर्मी, मानवअधिकार, महिला अधिकारकर्मी लगायत सबैलाई आग्रह गर्नु भयो ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले नेपाल प्रहरी एसियाको प्रहरी नीतिमा चलेमा समाजमा अपराधिक गतिविधी नहुने दाबी गर्नु भयो ।

खड्काले प्रहरी सक्क्षम भएको प्रशंसा गर्दै जिल्लाका सबै पक्षले सहयोग र सहकार्य गरेमा प्रहरी साझेदारी कार्यक्रमको उपलब्धी हाँसिल गर्न सकिने र सो कार्यमा जिल्लाका सबै पक्ष लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमा देशमा भएका अपराधिक गतिवीधि नियन्त्रण गर्न प्रहरी प्रशासनले खेलेको भुमिकाको भिडियो रेकर्ड देखाएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जिल्लामा आइपर्ने विपदलाई ब्यवास्थापन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यिय समिति गठन : सबै मिलेर विपद समाधान गर्न रामेछापका सरोकारवाला एक जुट

Next Post

ओखलढुंगा बोलेरो दुर्घटना एक महिने बालकसहित ८ गम्भिर घाइते : हेलिकप्टरबाट काठमाण्डौ लगियो

Next Post
सिन्धुलीमा माइक्रोबस दुर्घटना, एक जनाको ज्यान गयो

ओखलढुंगा बोलेरो दुर्घटना एक महिने बालकसहित ८ गम्भिर घाइते : हेलिकप्टरबाट काठमाण्डौ लगियो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...