Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओखलढुंगा बोलेरो दुर्घटना एक महिने बालकसहित ८ गम्भिर घाइते : हेलिकप्टरबाट काठमाण्डौ लगियो

Milan Ghimire by Milan Ghimire
March 13, 2020
in जनता स्पेसल, समाचार
0
सिन्धुलीमा माइक्रोबस दुर्घटना, एक जनाको ज्यान गयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फाल्गुण २९,


रामेछाप । ओखलढुंगामा शुुक्रबार भएको बोलेरो दुर्घटनाका घाइते १२ मध्ये ८ जनालाई सेनाको हेलिकप्टरबाट काठमाण्डौ पठएको छ । दुर्घटनामा गम्भिर घाइते भएका ३ सहित अन्य ५जना घाइतेलाई आज बिहान साँढे ११ बजे र दिउसो ३ बजे गरेर दुई ओटा हेलिकप्टरबाट काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

उनीहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ रेफर गरिएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका बोलेरोका चालक समेत रहेका पर्साका २१ बर्षिय अनिल सहनी र पर्साकै २६ की सुगन्भि देवी मुखियालगायत ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ का राजन घने, सनम घले बलबहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १२ का बिराजथापा, पर्साकै १ महिने बालक आकास कुमार सहनी यस्तै रामेछापका कपिल मगरलाई हेलीकप्टर मार्फत काठमाण्डौ पठायको हो ।

उद्धार गरेर लगिएकाउनीहरुको काठमाण्डौ स्थित हेल्पिङ ह्यान्स अस्पतालमा उपचार सुरु गरिएको छ । अन्य घाइते ४ जनाको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ
विरगंजबाट ओखलढुंगाको रुम्जाटार हिडेको बोलेरो ओखलढंगाको मानेभञ्ज्याङ गाँउपालिका ४ केतुकेमा आज बिहान दुर्घटना भएको थियो । प्रदेशनम्बर ३–०१०२२ च ३१८३ नम्बरको बालेरो सडकबाट भण्डै १५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओेखलढुंगाका प्रहरी निरिक्षक मिलन सिंह बस्नेतले जानकारी दिनु भएको छ ।


दुर्घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरिक्षक बस्नेतको नेतृत्वमा ५ जनाको टोली र अस्थायी प्रहरी पोष्ट केत्तुकेबाट प्रहरी हवल्दार दिलबहादुर खड्काको नेतृत्वमा ३ जनाको टोली घटनास्थलमा पुगेर घाइतेहरुको तत्काल उद्धार गरि ओखलढुंगा सामुदायिक अस्पतालमा पठाइएको थियो ।

घाइते अधिकांसको टाउको, ढाड र खुट््टामा चोट लागेको पाइएको छ । दुर्घटना के कारणले भयो भन्नेबारे अनुसन्धानभइरहेको जिल्लाप्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


दुर्घटना भएको बोलेरो पर्साको विरगञ्जवाट ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा रहेको महिन्द्रा गाडी सोरुमको सामानसगै सोरुमका सञ्चालक र कामदारहरु बोकेर आएको रहेको जिल्लाप्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भ्रष्टचार गर्नेलाई पद मुक्त गर्ने एस एस पी दाहालको चेतावनी

Next Post

रामेछापमा भाइरल ज्वरोका बिरामी बढे्, दैनिक ६०-७० जना बिरामी अस्पतालमा,

Next Post
रामेछापमा भाइरल ज्वरोका बिरामी बढे्, दैनिक ६०-७० जना बिरामी अस्पतालमा,

रामेछापमा भाइरल ज्वरोका बिरामी बढे्, दैनिक ६०-७० जना बिरामी अस्पतालमा,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.