फागुन, २९,
रामेछापमा भाइरल ज्वरोका कारण मन्थलीका अस्पतालहरु बिरामीले भरीभराउ भएका छन् । विगत १० दिन देखी फैलिएको भाइरल ज्वरोले जिल्ला सदरमुकामका अस्पतालहरु भरिएका हुन ।
मन्थली स्थित तामाकोशी सहकारी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र मन्थली पोलिक्निकमा बिरामीको संख्या बढेको हो । अहिले अस्पतलामा दैनिक ६०—७० जना ज्वरोका बिरामी अस्पताल आउने गरेको तामाकोसी सहकारी अस्पतालका प्रमुख डा.सुमन कर्मचार्याले बताउनुभयो ।


त्यस्तै मन्थली पोलिक्निक र रामेछाप सामुदायिक अस्पतालमा पनि दैनिक २० देखी ५० जना जरोका बिरामी अस्पतालमा जाँच गराउन आउने गरेको रामेछाप सामुदायिक अस्पतालका हेल्थ असिस्टेट् आर्दश अधिकारीले बताउनुभयो ।
विशेष गरि विद्यालय उमेरका बालबालिकाहरुमा टाउको दुख्ने, रिगंटा लाग्ने, वाक्वाकी आउने, लक्षण देखिन थालेपछि विद्यालय ल्याएका विद्यार्थीहरुलाई अभिभावकले सिधै अस्पताल ल्याउने गरेका छन् ।
जाँच गराएका बिरामीहरु निको हुनलाई करिब १० देखी ११ दिन लाग्ने गरेको उपचारमा संलग्न चिकत्सकहरुको भनाई रहेको छ । अस्पतालमा विगत एक साता अघिदेखी भाइरल ज्वरोका बिरामी ह्वतै बढेको तामाकोशी अस्पतालका डा केशव धामीले बताउनुुभयो ।
यता भाइरसका कारण सामुदायिक अस्पतालमा आज बिहान भर्ना भएका २३ वर्षीय बिरामी बिराट कार्की आफु ज्वारोका कारण अस्पताल भर्ना हुने परेको बताउनुभयो ।