Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको बाँध परीक्षण गरिदैै

Milan Ghimire by Milan Ghimire
March 14, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको बाँध परीक्षण गरिदैै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत ,१,

रामेछाप । चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण आगामी चैत ३ गतेदेखि हुने भएको छ ।


आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट र स्टपलगलगायत अन्य हेडवक्र्सका संरचनाहरुको प्राविधिक परीक्षण चैत ३ गतेदेखि २२ गतेसम्म हुने आयोजनाले जनाएको छ ।
यस अवधिमा आयोजनाको जलाशय तथा बालुवा थिग्राउने पोखरीमा पानी भर्ने काम गर्न लागिएको छ ।

यसको लागि नदीको पानी रोक्ने र छोड्ने गरिरहनुपर्ने भएकाले नदी किनारका बासिन्दालाई सुरक्षित रहन आयोजनाले सूचना जारी गरेको छ ।

परिक्षणको लागि कुनै बेला एकैपटक ठूलो मात्रामा पानी छोड्नुपर्ने भएकोले बाँधभन्दा तल्लो तटीय क्षेत्रअन्तर्गत तामाकोशी नदीको किनारमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले र सिंगटी बजारसम्म तामाकोशी नदीमा पानीको सतह बारम्बार धेरै घटबढ भइरहने आयोजनाले जनाएको छ ।

दोलखाको सिंगटी बजारदेखि सिन्धुलीको खुर्कोटमा पर्ने तामाकोशी र सुनकोशी नदीको दोभानसम्म तामाकोशी नदीको पानीको सतह घटबढ भइरहने भएकोले तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने वा वस्तुभाउ लैजानेजस्ता काम नगर्न आयोजनाले अनुरोध गरेको हो ।

एक सूचना जारी गर्दै तामाकोशी–सुनकोशी दोभानसम्म तामाकोशी नदीले छुने सबै पालिका तथा दोलखा र रामेछाप जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको हो ।

सचेतनाको सूचनालाई अवज्ञा गरी नदी किनारमा गएर कुनै दुघर्टना भएमा आयोजना जिम्मेवार नहुने माथिल्लो तामाकोशी आयोजनाले जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

रामेछापसहित देशका विभिन्न ठाउँमा डेङ्गीको लक्षण,३६ जनामा सङ्क्रमण ,

Next Post

नेपालकै तेश्रो पशुपतिनाथ, स्थानापति मन्दिरमा सन्तान माग्द सन्तान प्राप्त हुने : ५० लाख लगानिमा ब्यवास्थित गरिदै,

Next Post
नेपालकै तेश्रो पशुपतिनाथ, स्थानापति मन्दिरमा सन्तान माग्द सन्तान प्राप्त हुने : ५० लाख लगानिमा ब्यवास्थित गरिदै,

नेपालकै तेश्रो पशुपतिनाथ, स्थानापति मन्दिरमा सन्तान माग्द सन्तान प्राप्त हुने : ५० लाख लगानिमा ब्यवास्थित गरिदै,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.