Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आजबाट माथिल्लो तामाकोसीको परीक्षण सुरु

Milan Ghimire by Milan Ghimire
March 16, 2020
in समाचार
0
आजबाट माथिल्लो तामाकोसीको परीक्षण सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र,३,

रामेछाप । बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि परीक्षण थालेको छ । सोमबार बिहानदेखि जलाशयुक्त बाँधमा पानीजम्मा गरेर परीक्षण सुरु गरिएको आयोजनाका कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो । २०७२ सालको भूकम्पले उक्त बाँधस्थल १७ इन्च भासिएको थियो । त्यहीँबाट परीक्षण थालिएको श्रेष्ठले बताउनुभयो ।

दोलखाको लामाबगरस्थित ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सुरु भएको आठ वर्षपछि परीक्षण थालिएको हो। उठिसकेको बाँधको पश्चिमी भाग केही भासिएपछि आयोजनालाई ठूलो क्षतिहुने अनुमान थियो। पुरै भत्काएर नयाँ बनाउने कि त्यसैलाई मर्मत गर्ने भन्ने दुविधाका बीच अमेरिकी विज्ञहरुको अध्ययनपछि मर्मत गरेर बाँधको काम पूरा गरिएको हो।

आयोजनाद्वारा जारी सूचनाअनुसार करिब एक महिना बाँधभित्र पानी जमाउँदै खोल्दै गरिने छ। उक्त परीक्षणको आधारमा तामाकोसीले विद्युत् उत्पादन गर्ने समय सुनिश्चित गर्छ। आयोजनाले अन्तिम पटक आउने असारसम्ममा ७६ मेगावाट विद्युत् उत्पान गर्ने घोषणा गरेको थियो।

https://play.google.com/store/apps/details?id=biz.webpal.janatavoice&hl=en
जनता भ्वास अन्लाइनको एप्स् यो लिङ्कबाट डाउन्लोड गर्नुस्

आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार सुरुमा बाँधमा पानी जमाइनेछ। बाँधमा पानी जमाएपछि हरेक ढोकाहरु बन्द गरिनेछ र खोलेर हेरिनेछ। त्यसैगरी बालुवा थिग्र्याउने पोखरी (डिस्याण्डर) मा पनि पानी भरेर हेरिन्छ। यी दुई सफलतापछि सुरुङभित्र पानी पसाउने कार्य थालिन्छ।

बाँध ६० मिटर लम्बाइ र २२ मिटर उचाइको छ। सतहमुनि ७ मिटर र त्यसभन्दा माथि १५ मिटर उचाइ छ। उक्त बाँध परीक्षणको क्रममा तामाकोसी किनारका नागरिकलाई सतर्क रहन आयोजनाले आग्रह गरेको छ।

पानी जम्मा गर्दा खोलाको सतह निकै तल झर्छ। ढोका खोल्दा ह्वात्तै पानीको सतह बढ्ने हुँदा दुर्घटना निम्तने सक्ने भएकाले खोला किनारमा नजान सूचना गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुुभयो । आयोजनाको सम्पूर्ण कार्य हालसम्म ९९ दशमलव ४ प्रतिशत सकिएको छ।

सम्बन्धीत समाचार

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको बाँध परीक्षण गरिदैै

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपालकै तेश्रो पशुपतिनाथ, स्थानापति मन्दिरमा सन्तान माग्द सन्तान प्राप्त हुने : ५० लाख लगानिमा ब्यवास्थित गरिदै,

Next Post

दुबै खुट्टा विना विश्व यात्रामा, गौतम बुद्ध नेपालका हुन भन्ने अभियान, नेपालको सहित विश्का झण्डा सगरमाथामा प¥याउछु

Next Post
दुबै खुट्टा विना विश्व यात्रामा, गौतम बुद्ध नेपालका हुन भन्ने अभियान, नेपालको सहित विश्का झण्डा सगरमाथामा प¥याउछु

दुबै खुट्टा विना विश्व यात्रामा, गौतम बुद्ध नेपालका हुन भन्ने अभियान, नेपालको सहित विश्का झण्डा सगरमाथामा प¥याउछु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...