चैत्र,०५,
मन्थली नगरपालिकाका स्वस्थ्य शाखाका प्रमुख केशव फुयाँलले जिल्लामा कोरोना भाइरस रोक्थामका लागि उच्च सर्तकता अप्नाएको बताउनुभएको छ । बुधबार पत्रकारसंग कुरागर्दै उहाँले कोरोनाको त्रासबाट रामेछापका स्थानीयहरु आतिनु पर्ने अवस्थामा नरहेको दाबी पनि उहाँले गर्नुभएको हो ।
प्रमुख फुयाँलले भाइरसको जनमानसमा फैलिएको त्रास हल्ला मात्रै रहेको पनि बताउनुभयो । केही गरि माहामरीको रुपमा नगरपालिका तथा गाउँपालिकामा कुनै पनि रोग फैलियमा त्यसलाई नियन्त्रणमा लिनको लागि उच्च प्राविधिक, चिकित्सकको टोली, एम्बुलेन्स लगायतका साधान पनि तयारी अवस्थामा रहेको उहाँको भनाइ थियो ।
चैत्र ६ गतेबाट सुरु हुन लागेको एस.इ.ई परिक्षा केन्द्रहरुमा स्वस्थ्यकर्मी, औषधी सहितको सुरक्षा केन्द्र स्थापना गरि सकेको र आवश्यकताका आधारमा त्यसलाई जुनसुकै ठाउँमा तत्काल सेवा विस्तार गर्न सक्ने अवस्थामा नगरपालिका रहेको उहाँको तर्क छ । विद्यार्थीहरुको परिक्षा राम्रो बनाउनको लागि उच्च सर्तकताको साथ तयारी गरिएको छ ।
कुनै पनि परिक्षार्थी कोरोनाको कारण त्रसित हुन नपर्ने भन्दै रोग विरुद्ध लडनाको लागि जिल्लाका सबै स्थानीय तह, वडा कार्यालयहरु तयारी अवस्थामा रहेको जिकिर गर्नुभयो । उहाँले नगरपालिकाका १४ वटै वडा भित्ररहेका स्वास्थ्य कार्यालय, सहरी स्वास्थ्य केन्द्रहरुलाई निर्देशन दिएको बताउनुभयो ।