Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लामो बिदामा बालबालिकालाई घरमै कसरी हेरविचार गर्ने ?

Milan Ghimire by Milan Ghimire
March 18, 2020
in जनता स्पेसल, टिभि, फिचर, मनोरञ्जन, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
लामो बिदामा बालबालिकालाई घरमै कसरी हेरविचार गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत ५,

काठमाण्डौ – बुधबार देशभरका सबै विद्यालयमा कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएसँगै झण्डै ७० लाख बालबालिका तीन हप्तासम्म घरमै बस्ने भएका छन् । धेरै दिन बालबालिका घरमै बस्ने भएपछि उनीहरुको हेरविचार कसरी गर्ने भनेर धेरै अभिभावकलाई चिन्ता थपिएको छ ।

विभिन्न ठाउँमा घुम्न जाने र नयाँ अनुभव बटुल्ने अवसरको रुपमा बिदाको समयलाई सदुपयोग गरिने भए पनि यो वर्ष भने कोरोना भाइरस (कोभिड) १९ को जोखिमका कारण घरमै बस्नुपर्ने भएको छ । भिडभाड र जमघट हुने ठाउँमा रोगको सङ्क्रमण हुने भएकोले बालबालिकालाई अरु ठाउँमा नलैजान र घरभित्रै राख्न सरकारको आग्रह छ ।

बालबालिकाहरु अरु ठाउँमा जान, घुम्न र रमाउन नपाउने भएपछि उनीहरु एक हिसाबले सामाजिक ‘आइसोलेशन’ मा बसेजस्तै हुनेछन् । त्यसैले यस्तो बेला अभिभावकले विशेष ख्याल गर्नुपर्छ ।

अहिलेको बिदामा घरमै बालबालिकाको हेरविचार कसरी गर्ने त ? बालमनोविद गङ्गा पाठकको सुझाव ?

कार्यसूची बनाएर समय व्यवस्थापन

अभिभावकले आफ्ना बालबालिकालाई अलि धेरै समय दिनुपर्छ । उनीहरु घरभन्दा टाढा जान पनि नपाउने र घरभित्रै बस्दा विभिन्न मनोवैज्ञानिक असर पर्ने भएकोले आवश्यक समय बालबालिकाको लागि छुट्याउनुपर्छ ।

बिदा हुने तीन हप्ताको समयका लागि बालबालिकाले घरमा गर्ने क्रियाकलापको सूची नै तयार गरी उनीहरुको रुचि अनुसार गृहकार्य गर्नुपर्छ । यो अवधिमा घरभन्दा बाहिर काम गर्ने अभिभावकका बालबालिकामा अझ धेरै असर पर्न सक्छ । बिदाको समयमा बालबालिका गलत सङ्गतमा पनि फस्न सक्ने जोखिम भएकाले अभिभावकले समय व्यवस्थापन गरेर बालबालिकामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

मोबाइलबाट टाढा

यो बिदामा बालबालिका बाहिर घुम्न र खेल्न जान नपाएपछि उनीहरु मोबाइलमा व्यस्त हुन सक्छन् । मोबाइलमा गेम खेल्ने लगायत लत बसेमा बालबालिकामा अर्को मनोवैज्ञानिक समस्या आउन सक्छ । मोबाइल चलाउन नै नहुने त होइन तर फकाउन या भुलाउनका लागि बालबालिकालाई घण्टौँसम्म मोबाइल खेलाउन दिन हुँदैन ।

मोबाइलको लत बसेपछि पढाइ र अरु क्रियाकलापमा ध्यान नदिने भएकाले सकेसम्म मोबाइल चलाउन नै नदिने र चलाइहाले पनि थोरै समयका लागि मात्रै दिनुपर्छ ।

बालबालिकालाई मोबाइलको लतमा फस्न नदिन अभिभावक आफ्ना बालबालिकासँग अतिरिक्त क्रियाकलापमा सरिक हुनुपर्छ । यसो गरेमा बालबालिकाहरु मोबाइलको लतमा पनि फस्दैनन् भने अरु ज्ञानगुनका कुरा सिक्ने मौका पाउँछन् ।

मोबाइलबाट पनि सिकाउन सकिन्छ

गेम खेल्नका लागि मात्रै भन्दा पनि मोबाइललाई अरु ज्ञान आर्जन गर्ने साधनका रुपमा पनि प्रयोग गर्न सकिन्छ । युट्युब जस्ता सामाजिक सञ्जालमा खाना कसरी पकाउने, कपडा कसरी धुने लगायत सामग्री खोजेर बालबालिकालाई हेर्न लगाउने र त्यही क्रियाकलाप गर्न लगाउनाले पनि फाइदा पुग्छ ।

त्यसमा अभिभावक पनि सरिक हुने र भने अनुसारको क्रियाकलाप गर्न लगाउनाले एक्लोपन महसुस गर्न नपाउने र सीप आर्जन पनि हुने भएकोले मोबाइललाई सही सदुपयोग गर्न लगाउनुपर्छ ।

विभिन्न क्रियाकलाप गराउने

बालबालिकालाई योग, व्यायाम, खेल, पुस–अप, सिट–अप, साइक्लिङ, नृत्य लगायत क्रियाकलापमा पनि सहभागी गराउन सकिन्छ । यस्ता क्रियाकलापले उनीहरुमा रमाइलोपन आउने, शारीरिक तन्दुरुस्ती दिने र नयाँ कुरा पनि सिक्ने भएकोले अभिभावकले घर वरपर नै यस्ता गतिविधि सञ्चालन गर्न सक्ने सामग्री व्यवस्थापन गर्नुपर्छ ।

बालबालिकाले घरभित्रै बसेर खेल्न सक्ने खेलकुद प्रतियोगिताहरु पनि धेरै नै छन् । लुडो, पजल, मनी गेम, क्यारम बोर्ड लगायत प्रतियोगितामा सहभागी गराउन सकियो भने उनीहरु रमाउँछन् । यसले उनीहरुमा प्रतिस्पर्धाको भावना विकास हुनेछ भने एक्लोपनको महसुस पनि गर्न पाउँदैनन् ।

लेखाइ र पढाइ

बिदाको यो अवधिमा बालबालिकालाई लेखाइ र पढाइमा केन्द्रित गराउन पनि सकिन्छ । रमाइला कथा, कविता, जोक्स लगायत मनोरञ्जन र ज्ञान दुवै दिने किताबहरु बजारमा पाइने भएकोले त्यस्ता सामग्री लगेर उनीहरुलाई पढ्न र लेख्न लगाउने तथा आफूले पनि जानेका कथा, कविता, गीत लगायत सामग्री उनीहरुमाझ प्रस्तुत गर्नुपर्छ । उनीहरुले चाहेको विषय के हो त्यो पहिल्याएर सामग्री छान्न सकियो भने उनीहरुको मनोविज्ञानलाई अझ तन्दुरुस्त बनाउन सकिन्छ ।

केही समय भिडियोका लागि

विभिन्न टेलिभिजन च्यानलमा रमाइला तर ज्ञानवर्द्धक सामग्रीहरु प्रसारण भइरहेको हुन्छ । बालबालिकालाई पनि सँगै राखेर अभिभावकले त्यस्ता भिडियो हेरिदिए भने उनीहरुले मनोरञ्जनसँगै नयाँ कुराबारे जान्न पाउनेछन् । तर दिनभर नै टिभी नै हेर्न दिनु हुँदैन । अभिभावकले हेर्दाहेर्दै भिडियो सामग्रीबारे व्याख्या गर्दै जानुपर्छ ।

भिडियोमा देखिएका नृत्यजस्तै गरी बालबालिकाहरुलाई नाच्न लगाउने, चलचित्रमा बोलेजस्तै गरी बोल्न लगाउने गर्नाले उनीहरु थप सक्रिय हुन सक्नेछन् । यी क्रियाकपलाप गर्ने र गराउन सकेमा मात्रै पनि उनीहरुको समय व्यतित गर्न समस्या नहुन सक्छ ।

साभार : ujyaaloonline

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थली नगरपालिकाको सबै एस इ.इ परिक्षा केन्द्रमा कोरोना सर्तकता केन्द्र तयार

Next Post

चालू हिउँदे अधिवेशन आफ्नो जिम्मेवारी बहन गर्न असफल

Next Post
चालू हिउँदे अधिवेशन आफ्नो जिम्मेवारी बहन गर्न असफल

चालू हिउँदे अधिवेशन आफ्नो जिम्मेवारी बहन गर्न असफल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.