चैत, ९,
रामेछाप । रामेछापको मन्थली नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा संक्रमण सतर्कताका लागि स्वास्थ्य शाखासंग सम्बन्धीत सेवा, फोहोर मैला व्यवस्थापन र दमकल बहायकका सवै सेवा बन्द गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक काईरालाले आइतबार एक सूचना जारी गरि संघिय सरकारको निर्णय अनुसार चैत ९ गते आइतबारदेखि चैत २१ गते शुक्रबारसम्म नगर कार्यपलिकाको कार्यालय र नगरभित्रका १४ वटै वडाहरुबाट संचालन हुने स्वास्थ्य, फोहोर व्यवस्थापन र दमकल सेवा वहायकका सेवा बन्द हुने जानकारी दिनुुभएको हो ।
प्रमुख प्रशासकिय अधिकृत कोइरालाद्धारा जारी सूचनामा कोरोना भाईरस रोकथामका लागि संघिय सरकारको हालैको निर्णय बमोजिम यस मन्थली नगरपालिका नगर कार्यपालिकाको कार्यालय र मातहतका वडाहरुवाट संचालन गर्दै आएका स्वास्थ्य शाखासंग सम्बन्धीत सेवाहरु , फोहोर मैला व्यवस्थापन सम्बन्धीत सेवाहरु र दमकल सेवा बन्द हुनेछ भनिएको छ ।
मन्थली नगरपालिका पमुख रमेश कुमार बस्नेतले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले गरेको निर्णय अनुसार मन्थली नगरपालिकामा पनि स्वास्थ्य , फोहोरमैला व्यवस्थापन र दमकल बहायकका सेसा आगामी १३ दिनसम्म बन्द गरिएको बताउनुुभयो ।