चैत, ०९,
रामेछाप । अहिले बिश्वभरी फैलिएको कोरोना भाइरसले क्र्रसित बनाइरहेको बेला लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा ‘कोरोना भाइरस’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाली रेडियो नेटर्वकी संचारकर्मी गोमा परियारको शब्द तथा गायक खाती स्वयंको संगीत रहेको कोरोना भाइरस गीत मेख्सम नरेश नाम गरेको युटुवबाट सार्वजनीक भएको हो ।
गीतमा दिपा श्री निरौला, ऋषि धमला, कोमल ओली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई फुलन्देकी आमा, राजेन्द्र नेपाली ‘लट्टे’ र ईश्वरी खातीको अभिनय रहेको छ। गोरक्ष म्युजिक प्रालिको प्रस्तुतिमा सार्वजनिक गरिएको छ ।
पछिल्लो समय विश्वभरिनै कोरोना भाइरसको महामरीले त्रसित जनताहरुलाई सचेत गर्ने उद्देश्यले गीतका शब्दहरु रचिएको छ ।
भिडियो हेर्नुस





