चैत, १०,
रामेछाप । कोरोना संक्रमणको सन्त्राससँगै मन्थली बजार सुनसान देखिन थालेका छ। भैसेस्वर, मन्थली बजार, बसपार्क सहितका मुख्य बजारमा चहलपहल न्यून भएको हो।
सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर नजान भनेकाले मानिसहरु बजारमा देखिएका छैनन्। सवारी साधन खासै चलेको छैन ।
मोटरसाईकलहरू भने निर्वाध रूपमा चलिरहेका छन् । कोरोनाको त्रासका कारण रामेछापमा १५ हजार भन्दा बढि मानिस भित्रि सकेको ट्राफिक प्रहरी कार्यालय रामेछापले जानकारी गराएको हो ।
सोमबार सरकारले नै एक जनामा कोरोना संक्रमण रहेको घोषणा गरिसकेको छ। कोरोना संक्रमणको प्रकोप नियन्त्रणका लागि सरकारी कार्यालय आवातजावत गर्ने क्रम ह्वात्तै घटेको छ। जिल्ला प्रशासन कार्यालय तथा मन्थली नगरपालिकाले पनि नेपाल सरकारको निर्देशन अनुसार नागरिकहरूलाई सचेत रहन अपिल जारी गरिसकेको छ ।