Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफूखुशी कोरोना सहयोग कोष बनाउन प्रतिबन्ध

जनता भ्वाइस by जनता भ्वाइस
March 26, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
आफूखुशी कोरोना सहयोग कोष बनाउन प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,११,

काठमाण्डौ । सरकारले आफूखुशी कोरोना राहात कोष स्थापनामा प्रतिबन्ध लगाएको छ ।

कोरोना रोकथामका लागि गठित उच्चस्तरीय समितिको मंगलबारको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जथाभावी कोष बनाउन नपाइने बताउनुुभएको हो ।

कोरोना रोकथाम अभियानका लागि सरकारले ५० करोडको सुरुवाती कोष स्थापना गरेको थियो । सरकारबाट स्थापित केन्द्रीय कोष बाहेक पनि कतिपय संघसंस्थाले आफूखुशी कोरोना कोष बनाउन थालेपछि सरकारले यसमा ध्यानाकर्षण भएको जनाउँदै अबदेखि यस्तो गर्न नपाइने निर्णय गरेको हो ।

तर, यो निर्णय हुँदासम्मको अवधिमा बनाइएका कोष संचालकहरुलाई भने कोषमा जम्मा भएको रकम प्रत्येक हप्ता केन्द्रीय कोषमा सार्न समेत निर्देशन दिइएको छ ।

हालसम्म बनेका त्यस्ता कोषहरुलाई आफ्नो संस्थाको मात्र सहयोग रकम जम्मा गर्न समेत सरकारले निर्देशन दिएको छ ।

निर्णय सुनाउँदै अर्थमन्त्रीले भन्नुुभयो–‘कथमकदाचित कुनै संंस्थाले कोष खडा गरिसक्नु भएको रहेछ भने त्यो कोषमा आफू मातहतका संस्था, कर्मचारी वा निकायका व्यक्तिहरुको मात्र रकम संकलन गर्ने र त्यो रकम प्रत्येक हप्ता केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेका छौं ।’

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

साल्ट ट्रेडिङ भन्छ, खाद्यवस्तुको अभाव हुन्नु

Next Post

फेरी भेटियो चीनमा ‘हान्ता भाइरस’: एकको मृत्यु

Next Post
फेरी भेटियो चीनमा ‘हान्ता भाइरस’: एकको मृत्यु

फेरी भेटियो चीनमा ‘हान्ता भाइरस’: एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.