चैत्र, १२,
रामेछाप । रामेछापमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कोरोना भाइरस ९कोभिड १९० को रेकथाम नियन्त्रण गर्न समिति गठन गरिएको छ । नगर तथा गाउँपालिकाका प्रमुख, सुरक्ष निकाय, जनस्वास्थय प्रमखु, नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल, रामेछाप उद्योग वाणिज्य संघ, सदस्य र सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिप रहने गरि समिति गठन गरिएको हो ।
बुधबार प्रमुख जिल्ला अधिकारी र सरोकारवालाहरुको उपस्थितिमा समिति गठन गरेको प्रशासनले सुचना प्रकासन गरि जानकारी दिएको हो । विश्वमा कोरोना भाइरस यतिबेला आतङ्कित बनेको छ । नेपाल सहित विश्वका विभिन्न मुलुक लकडाउन प्रणालिमा चलेका छन् ।
साथै छलफलमा महामारी फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा जनकारी मूलक समिती खडा गर्ने, सुचना संगल गर्ने, भाइरसको कुनै लक्षण देखिएमा साधपुछ गर्नु परेमा सम्पर्क गर्न सवसाधारणलाई फोनमार्फत जानकारी गराउने नम्बर सहित सुचना उल्लेख गरेको हो ।
त्यस्तै छिमेकी जिल्ला र बाहिरबाट जिल्ला प्रवेश गर्नलाई १४ दिन क्वारेन्टाइनमा राख्ने ब्यवस्था गर्न पनि निर्णय गरिएको छ ।