चैत, १२,
रामेछाप । नेपाली कांग्रेसको अगुवाइमा झट्टेश्वर मा.वि धोबिमा २० सैयाको तत्काल उपचार कक्ष तयार पारिएको छ । ३०० थान मास्क, पन्जा, साबुन तथा हात धुनको लागि पानी ड्रमको ब्यबस्था गरिएको छ । उक्त अवसरमा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्काले ३० थान कम्बल, १० थान सिरानी तथा १० थान तन्नाको ब्यबस्था गर्नु भएको र बाँकी थप आवश्यक सामाग्री लिनको लागि तत्काल काठमाडौं पठाउने जानकारि दिनुभयो ।
यसै गरि नेपाली कांग्रेस क्षेत्रीय १ का सचिब निरोज खड्काले गाउँ गाउँ गएर मास्क बितरण तथा सुरक्षित रहन आव्हान गर्ने जानकारी गराउनुभयो ।
त्यस्तै गरि लिखु तामाकोसी गाउँपालिकाका बिपि विचार प्रतिष्ठानका संयोजक दामोदर खड्का तथा नेपाली कांग्रेस लिखु तामाकोसी गा .पा. नेता हरि खड्काले जनतालाई आवश्यक परेको अबस्थामा हरेक कुराको सहयोग गर्ने प्रतिबद्ता जनाउनुभयो । उहाले अत्यावश्यक काम बाहेक घर बाहिर नजान र नआतिन आग्रह गर्नुभयो ।
सोही अवसरमा इलाका प्रहरी कार्यालय धोबिका प्रमुख मदन थापाले उक्त स्थानमा आवश्यक परेको बेला जुनसुकै अबस्थामा सहयोग गर्ने र भिड भाडमा नजान तथा खानपिनमा विशेष जोड दिन अनुरोध गर्नु भयो ।