Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विरगंजबाट रातारात रामेछाप भित्रियो सवारी साधन, यात्रुलाई राखियो मन्थली स्थित क्वारेन्टाइन्मा

जनता भ्वाइस by जनता भ्वाइस
March 28, 2020
in जनता स्पेसल, समाचार
0
विरगंजबाट रातारात रामेछाप भित्रियो सवारी साधन, यात्रुलाई राखियो मन्थली स्थित क्वारेन्टाइन्मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, १३,

रामेछाप ।  बुधबार राती ११ बजे विरगंजबाट एक सवारी साधन मन्थली भित्रिएको छ ।सवारी साधनमा ५ जना यात्रु रहेको बताईएको छ । त्यो सवारी साधनमा मन्थली भित्रिएका ५ जनामा कुनै संक्रमण नभएको रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जानकारी दिनु भयो । साथै उनीहरुलाई क्वारेन्टटाईनमा राखिएको र सुरक्षित स्थानमा राख्ने तयारी भैरहेको जानकारी दिनुभयो । शर्माले जिल्लाको तत्कालिन अवस्था चिन्ताजनक नभएको जानकारी दिनुभएको छ ।

बिहिबार जनता भ्वाईससंग कुरा गर्दै उहाँले लकडाउनको दोस्रो र तेस्रो दिनको तुलनामा पहिलो दिन केही समस्या भएको बताउनुभयो । बिहिबार लकडाउनको तेस्रो दिन हो । उहाँले अत्वाश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्केको जानकारी दिनुभयो । जिल्लामा खाद्यान्न,औषधी लगायतका अत्यावश्यक सामाग्रीको अभाव नभएको समेत जानकारी गराउनु भयो ।

बुधबार विरगंजबाट लिखु तामाकोसी गाउँपालिकाका ५ जना अलपत्र परेकाहरलाई ११ बजे राती छिमेकी जिल्लाहरुसंगको समन्वयमा जिल्लामा ल्याईएको थियो । उनीहरुलाई हाल मन्थली नगरपालिकाका वडा नं १ को प्रथामिक स्वास्थ्य केन्द्रको क्वारेन्टाईन्मा राखिएको छ ।

त्यस्तै मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले जिल्लामा ल्याईएकाहरुमा कुनै सङ्क्रमण नभेटिएको तर उनीहरुलाई खाना बस्न भने समस्या भएको जानकारी दिनुभयो । उनीहरुलाई तत्काल सुरक्षित स्थानमा पु¥याउने पहल गरि रहेको समेत जानकारी दिनुभयो ।

यता रामेछाप प्रहरी प्रमुख बसन्त पाठकले लकडाउनको नियम उल्लङ्घन नभएको जानकारी दिनुभएको छ । उहाँले अलपत्रमा परेकाहरुलाई समन्वय गरेर जिल्ला ल्याईएको बताउदै उनीहरुलाई सुरक्षित स्थानतर्फ राख्न लागिएको बतानुभयो । लकडाउनमा हालसम्म जिल्लामा सामान्य अवस्था रहेको उहाँको भनाई छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कांग्रेसको अगुवाइमा लिखु तामाकोसीमा २० सैयाको कोरोना उपचार कक्ष तयार

Next Post

घाइते मृगको उद्दार

Next Post
घाइते मृगको उद्दार

घाइते मृगको उद्दार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.