रामेछाप,असार,२३,
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको निधन भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् । ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् । तर बधुको नाम भने खुलाईएको छैन ।
बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।
भोजपुरको देउराली स्थायी ठेगाना भएका कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आएका छन् । विगतमा अर्थ र जलस्रोत मन्त्री बनेका कार्की दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए ।