Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना कोषमा १५ करोड ३१ लाख जम्मा, (नामावलीसहित)

जनता भ्वाइस by जनता भ्वाइस
March 28, 2020
in जनता स्पेसल, समाचार
0
कोरोना कोषमा १५ करोड ३१ लाख जम्मा, (नामावलीसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१५,

रामेछाप । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म १५ करोड ३१ लाख रुपियाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबार दिउँसो सम्म १५ करोड ३१ लाख तीन हजार २ सय २२ रुपैयाँ जम्मा भएको जनाएको छ। सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब २५ लाख रुपियाँ जम्मा छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकमसहित उक्त कोषमा २० करोड रुपियाँ आउने क्रममा रहेको जानकारी प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । सरकारले गत आइतबार उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो।

कस्ले कति दिए रकम हेर्नुस्

रकम लिस्ट

सरकारले रकम जम्मा गर्ने आह्वान गरेसँगै उक्त कोषमा सांसद, कर्मचारी, उद्योगी लगायत राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलब बराबरको तलब कोषमा जम्मा गर्ने भएका छन्।

गएको चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि केन्द्रीय कोष स्थापना गर्ने निर्णय गरेको थियो । कोषमा सरकारले ५० करोड रुपियाँ राख्ने छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रधानमन्त्री ओली डिस्चार्ज

Next Post

अपडेट : कोरोनाबाट साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित

Next Post
अपडेट : कोरोनाबाट  साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित

अपडेट : कोरोनाबाट साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...