चैत १५,
रामेछाप । लकडाउनको अवधिमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ । दैनिक उपभोग्य वस्तु बेच्ने व्यापारी कतिखेर पसल खोल्ने भन्नेमा अलमल परेपछि पसल खोल्ने समय तोकिएको हो।
समय तालिका अनुसार चामल, दाल, तेल, दूध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध हुने पसल दिनमा २ पटक पसल खोल्न पाइने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दिनमा ६ घण्टा पसल खोल्न पाइने जानकारी दिनुुभयो ।
लकडाउनको बेला दैनिक उपभोग्य वस्तु बेच्ने किराना तथा तरकारी पसल र डेरी बिहान ४ देखि ८ बजे र दिउँसो ३ देखि साँझ ५ बजेसम्म खोल्न पाइने छलफल भएको मन्त्री भट्टले बताउनुुभयो ।
‘हामीले बिहान ४ घण्टा र बेलुका २ घण्टा पसल खोल्न पाइने भनेर छलफल गरेका छौं, उक्त निर्णय के भयो मलाई जानकारीमा आइसकेको छैन,’ मन्त्री भट्टले भन्नुुभयो ।
समय तालिका तोके पनि एकै पटक उपभोक्तालाई भीड नलाग्न उनले आग्रह गर्नुभयो ।