रामेछाप,असार,२४
सडक सञ्जालले जोडिएको लामो समयपछि रामेछाप जिल्लाको तीन गाउँपालिकालाई जोडने पक्की पुल निर्माण सम्पन्न भएको छ । तीन बर्षमा सम्पन्न हुनुपर्ने रामेछाप–सिन्धुली जोडने खैरेनीघाटस्थित सुनकोसी नदीको पुल ११ बर्षपछि निर्माण सम्पन्न भएर आशिकं रुपमा सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाका बासिन्दामा खुसी छाएको छ ।
पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीको ढिलासुस्तीको कारण तीन बर्षमा सम्पन्न हुनुपर्ने पुल ११ महिनापछि सम्पन्न भएको छ । करिब ९ करोड रुपैयाँमा खम्पाचे÷लामा÷कन्काई जेभीले उक्त पुल निर्माण गरेको हो । निर्माण कार्यमा ढिला भएको स्वीकार गर्दै कन्काई निर्माण सेवाका सञ्चालक राम मैनालीले गत बर्षदेखि तीब्र गतिमा काम भएकै कारण यस बर्षबाट पुल सञ्चालनमा आएको बताए । यही असार १५ गतेदेखि आशिक रुपमा मोटरसाइकल सञ्चालनमा आएको उनले जानकारी दिए ।