Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२०७७ सालमा ६४ दिन सार्वजनिक बिदा (सूचीसहित)

Milan Ghimire by Milan Ghimire
April 1, 2020
in जनता स्पेसल, मनोरञ्जन, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
२०७७ सालमा ६४ दिन सार्वजनिक बिदा (सूचीसहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत,१८

काठमाडौं । २०७७ सालमा ६४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो ।

उक्त सूचीअनुसार वर्षभरीमा ५२ वटा शनिबार सार्वजनिक बिदा हुनेछ । त्यस्तै, नयाँ वर्ष (वैशाख १), मजदुर दिवस (बैशाख १९), बुद्ध जयन्ती (बैशाख २५), संविधान दिवस (असोज ३), दशैं बिदा (कात्तिक ७ देखि ११), तिहार बिदा (कात्तिक २९ देखि मंसिर १) सम्म हुनेछ ।

त्यस्तै, महिला दिवस (फागुन २४ गते), शिवरात्री (फागुन २७ गते) तथा फागुपूर्णिमा (चैत १५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) बिदा हुनेछ । यसो गर्दा बिदा कुल ६७ दिन हुन जाने भए पनि संविधान दिवस, दशैं र तिहारमा १/१ दिन शनिबार पर्ने भएकोले कुल बिदा ६४ दिनमा सीमित हुन लागेको हो ।

यसबाहेक, काठमाडौं उपत्यकामा गाईजात्रा (साउन २० गते), इन्द्रजात्रा (भदौ १६ गते, घोडेजात्रा (चैत २९ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ । हरितालिका तिजमा भदौ ५ गते महिलालाई बिदा दिइनेछ ।

त्यस्तै, उभौली पर्व (वैशाख २५ गते), गौरा पर्व (भदौ १० गते), इदुल फित्र, छठपर्व (मंसिर ५ गते), क्रिसमस डे (पुस १० गते), उधौली पर्व (पुस १५ गते), माघेसंक्रान्ति (माघ १ गते), सोनाम ल्होसार (माघ ३० गते), ग्याल्पो ल्होसार (चैत १ गते) सिरुवा पवनी पर्व तथा धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित जाती, क्षेत्र वा जिल्लामा बिदा दिने व्यवस्था गरिएकाे छ ।

जितिया पर्व (भदौ २५गते) पनि जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा दिइनेछ ।

त्यस्तै, वसन्त पञ्चमीमा फापुन ४ गते शिक्षण संस्थाहरु बिदा हुनेछन् । अन्तर्राष्ट्रिय अपांग दिवसमा मंसिर १८ मा अपांगता भएका कर्मचारीका लागि बिदा दिइनेछ ।

महागुरु फाल्गुनन्दको जन्मजयन्ती कात्तिक २५ गते र गुरु नानकको जन्म जयन्तीका दिन मंसिर १५ गते पनि सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइनेछ ।

गणतन्त्र दिवस (जेठ १५ गते), जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस (जेठ २१ गते), निजामति सेवा दिवस (भदौ २२ गते), राष्ट्रिय एकता दिवस (पुस २७ गते), शहीद दिवस (माघ १६ गते) तथा राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७ गते)लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन ।

सरकारका कुटनीतिक नियोगहरुलाई सम्बन्धित देशको बिदा अनुसार बढीमा १८ दिन अतिरिक्त बिदा आफैंले व्यवस्थापन गर्नसक्ने जनाइएको छ ।

कार्यालय समय भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म र अन्य समयमा १० बजेदखि ५ बजेसम्म हुनेछ । शुक्रबार आधा दिन ३ बजेसम्ममात्रै कार्यालय खुल्नेछ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

२०७७ सालको दशैं कात्तिक १० गते, तिहार मंसिर १ गते

Next Post

कोरोना रोकथामका लागि साविकका वडाहरूमा १/१ जना सहजकर्ता खटाईने

Next Post
कोरोना रोकथामका लागि साविकका वडाहरूमा १/१ जना सहजकर्ता खटाईने

कोरोना रोकथामका लागि साविकका वडाहरूमा १/१ जना सहजकर्ता खटाईने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...