चैत २०,
रामेछाप । बिहीबार देशको पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि चट्याङ र हावाहुरीसहित असिना पानी पर्ने मौसमविद्ले बताएका हुन् ।
अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । यस्तै राति पनि पहाडी क्षेत्रको मौसम आंशिक बदली भइ केही ठाउँमा चट्याङ तथा असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रिमनसुन अर्थात् मनसुन अघिको अवस्था चलिरहेको छ । यो बेलामा बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ र हुरीबतास सहित पानी पर्छ ।
यस्तै केही ठाउँमा भने असिना पानी पर्ने र नजिकै कुनै ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्न पनि सक्छ ।