Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना भाइरस : ४७ हजारभन्दा बढीको मृत्यु, बेलायतमा २४ घण्टामै ५ सय ६३ को मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
April 3, 2020
in जनता स्पेसल, समाचार
0
अपडेट : कोरोनाबाट  साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, २०

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण विश्व्यापी रुपमा मृत्यु हुनेको संख्या तीव्र रुपमा बढीरहेको छ ।

विश्वभर नौ लाख ३५ हजार भन्दा बढी प्रभावितमध्ये ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिव दुई लाख मानिस निको भएका छन् ।

पछिल्लो समय अमेरिका, युरोप, मध्यपूर्व र एशियाली राष्ट्रहरुमा तीव्र रुपमा फैलिएको कोरोनाका कारण ती राष्ट्रहरुमा मृत्यु हुनेको संख्या बढीरहेको छ ।

यता इटालीमा १३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या एक लाख दश हजार भन्दा बढी रहेको बताइएको छ ।

यस्तै बेलायतमा कोरोना भाइरसका कारण २४ घण्टामा ५६३ जनाको मृत्यु भएको छ ।

बेलायतको स्वास्थ्य सेवाका अनुसार उपचारका क्रममा अस्पतालमा मृत्यु भएकाहरुको संख्या २ हजार ३ सय ५२ पुगेको छ । त्यसैगरी स्पेनमा नौ हजार तीन सय भन्दा बढीको मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिकामा चार हजार सात सय भन्दा बढीको मृत्यु भएको छ भने संक्रमतिहरुको संख्या उच्च रुपमा वृद्धि भइरहेको बताइएको छ ।

अमेरिकामा दुई लाख १४ हजार जना संक्रमित भएको बताइएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछि विश्वले सामना गर्नुपरेको खतरनाक समय भएको टिप्पणी गरेको छ । (एजेन्सी)

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने

Next Post

लकडाउनलाई थप कडाइ गर्ने, सवारी पास दिन बन्द

Next Post
लकडाउनलाई थप कडाइ गर्ने, सवारी पास दिन बन्द

लकडाउनलाई थप कडाइ गर्ने, सवारी पास दिन बन्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.