Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मनसुन प्रभावित २२१ परिवारलाई रेडक्रसको गैरखाद्य सामग्री वितरण

Milan Ghimire by Milan Ghimire
July 13, 2019
in जनता स्पेसल, समाचार
0
मनसुन प्रभावित २२१ परिवारलाई रेडक्रसको गैरखाद्य सामग्री वितरण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असार,२८

नेपाल रेडक्रसले मनसुन तयारी योजना मुताविक इमरजेन्सी अपरेसन सेन्टरलाई सक्रिय बनाएको छ । यसअनुसार विपद्को अवस्थाअनुसार तथ्याँक संकलन, राहत, उद्दार, सहयोग, समन्वय, प्रतिवेदन, बन्दोबस्ती लगायतको क्षेत्रमा केन्द्रीय र स्थानीय स्तरमा दक्ष स्वयंसेवक र कर्मचारीलाई परिचालन गरिएको छ । रेडक्रसको आपत्कालीन केन्द्रको प्रारम्भिक विवरण अनुसार रौतहट, उदयपुर, पर्सा, बारा, मोरङ, सिरहा लगायतका १९ जिल्लामा वढी क्षति पुगेको छ । छ हजार ६ सय परिवारका ३३ हजार मानिस प्रभावित भएको नेरेसोका जिल्लाहरुबाट जानकारी आएको हो । त्यो मध्ये एकहजार दुईसय ४६ परिवार विस्थापित हुन पुगेका छन् । करिव २०० घरहरु बस्नै नमिल्ने गरी भत्किएका छन् ।

अति प्रभावित परिवारमध्ये २२१ परिवारलाई रेडक्रसले गैरखाद्य सामग्री राहत सेट उपलव्ध गराएको छ । उपलव्ध गराइएका सामग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडाहरु र डोरी रहेका छन् । यसका साथै २४५ वटा तारपोलिन छुट्टै वितरण गरिएको छ । नेपाल रेडक्रसले आपत्कालीन सहयोगको लागि देशका विभिन्न स्थानमा राहत सामग्रीहरु पुर्याईसकेको र द्रुत सर्वेक्षण संगसंगै सामग्री वितरण सुरु गरिसकिएको सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

देशका अधिकाँश स्थानमा परेको अविरल बर्षाले सडक अबरुद्ध, डुवान, वाढी र पहिरोका घटनाहरु हुँदैगर्दा स्थानीय निकाय, सरकार, शुरक्षा निकायसँगको सहकार्यमा प्रभावित क्षेत्रमा स्वयंसेवक र कर्मचारी परिचालित भएका हुन् । शनिवार ११५ जना दक्ष स्वयंसेवकहरु फिल्डमा खटिएका थिए ।

नेपाल रेडक्रसका विपद् व्यवस्थापन उप निर्देशक हरिमोहन श्रेष्ठले भन्नुभयो ः पहिलो चरणमा मानिसहरुको ज्यान जोगाऊने, उद्यारको काममा नै स्थानीय स्तरमा रेडक्रसकर्मीहरु लागिरहेका छन् । खासगरी प्रदेश नं एक, दुई र तीनमा वढी जनधनको क्षति भएको देखिएको छ ।

अस्तिदेखि परेको पानीले काठमाण्डौँको धर्मस्थलीमा डुबानमा परी अनाज र घर क्षति भएका अति प्रभावित १४ घर परिवारलाई सम्बन्धित वडाको सिफारिस एवं उक्त नगरपालिकाका उपमेयर भवनी डोटेल धिताल, वडा अध्यक्ष मधु कार्कीको उपस्थितमा नेपाल रेड्क्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले तत्कालीन राहत उपलब्ध गराएको जिल्ला शाखाका मन्त्री श्यामकाजी डोटेलले जानकारी दिनुभएको छ ।

यस्तै तीनथानाको पहिरो रोकथामको लागि २०० र कुलेश्वरको वाढी रोकथामको २०० वटा बोरा नेपाल रेडक्रसले शसस्त्र प्रहरीलाई उपलव्ध गराएको छ । ती वोराहरुमा बालुवा भरी अस्थायी छेकवार गर्ने काम भइरहेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

देशका विभिन्न स्थानमा वर्षाले पु¥याएको क्षति, मौसम, प्रभावित ः अहिले सम्म

Next Post

रेड्क्रस शाखा रामेछापद्धरा बाढी पिडितलाई रहात वितराण

Next Post
रेड्क्रस शाखा रामेछापद्धरा बाढी पिडितलाई  रहात वितराण

रेड्क्रस शाखा रामेछापद्धरा बाढी पिडितलाई रहात वितराण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...