Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा बैठकमा कोरोना रोकथामका लागि सरकारले चालेको कदमबारे प्रधानमन्त्रीको ‘बिफ्रिङ’

जनता भ्वाइस by जनता भ्वाइस
April 8, 2020
in समाचार
0
नेकपा बैठकमा कोरोना रोकथामका लागि सरकारले चालेको कदमबारे प्रधानमन्त्रीको ‘बिफ्रिङ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत २६,

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भाइरस रोकथाम र उपचारका क्रममा चालिएका कदम र उपलब्धिबारे बैठकलाई ‘ब्रिफिङ’ गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

https://www.facebook.com/surya.thapa.754918/posts/2909137045845447

बैठकमा नेताहरूबीच शारीरिक दुरी कायम हुने गरी स्थान निर्धारण गरिएको छ ।

बैठकमा भाइरस रोकथामका लागि सरकारका कामको समीक्षा र पार्टीको भूमिकाबारे छलफल र निर्णय भएको जनाइएको छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका नेताहरु सहभागी थिए ।

मङ्गलबार बिहान ११ बजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै भाइरसको सङ्क्रमण फैलिन नदिन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा ९ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ, जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् ।रासस

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अमेरिकामा एकै दिन १९ सय भन्दा बढीले ज्यान मृत्यु, संक्रमितको संख्या चार लाख नाघ्यो

Next Post

रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका एकको मृत्यु

Next Post
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका एकको मृत्यु

रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...