Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राहत प्याकेज वितरणको लागी कमलामाईद्वरा मापदण्ड तय

जनता भ्वाइस by जनता भ्वाइस
April 9, 2020
in समाचार
0
राहत प्याकेज वितरणको लागी कमलामाईद्वरा मापदण्ड तय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र २७,सम्झना श्रेष्ठ,

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको विपत् व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठक बुधबार बसेको छ । नगरप्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । नगरपालिकाको विपत् व्यवस्थापन कोषमा अहिलेसम्म कुल ४ लाख १७ हजार ४२२ रुपैँया जम्मा भएको जानकारी गराइएको छ ।

यस्तै राहत प्याकेज वितरणको लागी विभिन्न मापदण्डहरु तय गरिएको छ । जसमा तलव तथा पेन्सन प्राप्त नगर्ने घरपरिवार हुनुपर्ने, सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने घरपरिवार हुनुपर्ने जनाएको छ । यसैगरि खेतियोग्य जमिन नभएको र कमाइ नभएका घर–परिवार तथा. वैदेशिक रोजगारीमा संलग्न नभएको घर परिवार हुनुपर्ने उल्लेख छ ।

यस्तै बैठकले कोरोना भाइरस संक्रमण अन्तर्गत स्थापित आइशोलेसन सेन्टरमा अग्रपंक्तीमा काम गर्ने डक्टर तथा स्वास्थ्यकर्मिहरुलाई प्रोत्साहन स्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त प्रोत्साहन रकमलाई अस्पताल प्रशासनको सिफारिस र अस्पताल व्यवस्थापन समितीको निर्णयको आधारमा सम्वन्धित डाक्टर तथा स्वास्थ्यकर्मीको वैँक खातामा उपलब्ध गराउने बताइएको छ । कमलामाई नगरपालिकाले अहिलेको सम्भावित माहामारीको विरुद्धमा द्रुत ब्यवस्थापनका कामहरु गर्दै आईरहेको जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीद्वरा श्रमजीवि पत्रकार राहत प्याकेज वितरण

Next Post

गोकुल गंगामा स्वास्थ्य चौकीहरूको अनुगमनमा तिब्रता

Next Post
गोकुल गंगामा स्वास्थ्य चौकीहरूको अनुगमनमा तिब्रता

गोकुल गंगामा स्वास्थ्य चौकीहरूको अनुगमनमा तिब्रता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.