चैत २८,
रामेछाप जिल्लामा ६२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । विहिबारसम्म गोकुलगंगा गाउँपालिकामा ३ जना, मन्थली नगरपालिकामा ७ जना, रामेछाप नगरपालिकामा २६ जना , सुनापति गाउँपालिकामा १५ जना , खाँडादेवी गाउँपालिकामा ६ जना र लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनभयो । क्वारेन्टाइनमा बसेकाहरु सबै होम क्वारेन्टाइनमा छन् ।
हालसम्म जिल्लाको ८ वटै स्थानीय तहमा २ सय ८५ बेड क्वारेन्टाइन र ५८ बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । जस्मा मन्थली र रामेछाप नगरपालिकामा २२, ७ , दोरम्बामा ७ ,सुनापतिमा ६, खाँडादेवीमा ११ र गोकुलगंगा गाउँपालिकामा ५ बेड आइसोलेसन कक्षा स्थापना गरिएको बताएको छ ।
भने मन्थली र रामेछाप नगरपालिकामा २६, ७०, दोरम्बामा १६, खाँडादेवीमा ४३ , गोकुलगंगामा ३४ , उमाकुण्डमा ५३ र लिखुतामाकोशीमा ४३ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ ।
हाल्ल मन्थली नगरपालिकलामा १ ,खाँडादेवीमा ११, र गोकुलगंगामा ४ जना १४ दिन क्वारेन्टाइनबाट छुटाइएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ ।
त्यसैगरी मन्थली नगरपालिका वडा नं १ को तामाकोशी अस्पतालका ११ जना स्वाथ्यकर्मी पनि क्वारेन्टाइनबाट छुटेका छन् । योसँगै क्वरेन्टाइनमा बस्नेको संख्यामा पनि क्रमस घट्दै गएको छ । यस अघि ८० जना सम्म क्वारेन्टाइनमा बसेका थिए ।