रामेछाप,असार २९,
अविरल बर्षासँगै आएको बाढि पहिरोका कारण हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले आइतबार एक सूचना चारी गरी जिल्लामा मनसुनको समयमा हुन सक्ने सम्भावित विपद्बाद हुनसक्ने घटनाहरु जस्तै बाढि, पहिरो , चट्याङ,हावाहुरी , असिना ,आँधि तुफान जस्ता विपद्जन्य घटनाहरु भैइ जन धनको क्षतिबाट जोगिन सवैलाई सचेत गराएको छ ।
यस्ता विपद्का घटनाबाट जोगाउन जिल्ला व्यवस्थापन समितिले नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनालाई आवश्यक स्रोत र साधनसहित तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ । जिल्लाको जुनसुक स्थानमा विपद् परेमा तत्काल जिल्ला प्रशासन कार्यालयको
फोन नम्बर ०४८५४०१३३,
नेपाली सेनाको फोन नम्बर ०४८४००००९ ,
नेपाल प्रहरीको फोन नम्बर १०० र ०४८५४००९९
सशस्त्र प्रहरीबल ०४८५४०४७८
नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर ०४८५४००३३ मा सम्पर्क गरी जानकारी गराउँन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।