Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विपदमा परेकाहरुलाई उद्दार गर्न रामेछापका युवा एक जुट

Milan Ghimire by Milan Ghimire
April 12, 2020
in राष्ट्रिय समाचार, समाचार
0
विपदमा परेकाहरुलाई उद्दार गर्न रामेछापका युवा एक जुट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र,३०,

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीका युवाहरु विपदको मारमा परेकाहरुलाई उद्दार गर्न एक जुट भएका छन् । समुहमा १३ जना रहेको बताएको छ ।

जिल्लामा विभिन्न स्थानबाट आएर स्थायी तथा अस्थाईरुपमा बासोबास गरेका विभिन्न क्षेत्रमा आवद्ध युवाहरु कोरोना भाइरसले पारेको विपतिका कारण जिल्लाका जुनसुकै स्थानमा विविध कारणले समस्यामा परेकाहरुको उद्दार गर्न एक जुट भएका हुन ।

उनीहरुले ब्यत्तिगत रुपमै आर्थिक संकलन गरेर अप्ठ्यारोमा परेकाहरुलाई उद्दार गरि विभिन्न सामाग्री हस्तान्तरण गर्ने समुहका एक अभियानताले बताउनुभयो ।

उहाँले भन्नुभयो – हामी कुनै पनि मिडियामा आउदैनौं हामीले नाम कमाउनको लागि नभै समस्यामा परेकाहरुलाई उद्दार गर्नको लागि पहल मात्रै गर्ने छौं, हामी आफैले आर्थिक रुपमा सकेनौ भने, कुनै दाता खोजेर सम्बन्धीत मानिसहरुलाई पहलको लागि कदम चाल्ने छौं ।

उहाँका अनुसार लकडाउनका कारण जिल्लामा कसैलाइ खाद्यान्न वा अरुकुनै सहयोगको समस्या परेमा एकले अर्कोलाइ सहयोग गरौ भन्ने भावनाको विकास गर्न र सकेको आफै र अरुसङ सहयोग मग्ने वा सहयोग गर्न चाहनेको लिन्क गराउने हाम्रो सोच हो ।

आइतबार मात्रै जिल्लाको तामाकोशी अस्पतालमा नियमित मृर्गौलाको डाइलसिस गर्ने बिरामीलाई सहयोग गरि सहेको छ । लकडाउनको कारण खानाको समस्या भएका ३ जनालाई युवाहरुले  चामल, दाल,  नुन, तेल, अण्डा हस्तान्तरण गरेका छन् । सम्बन्धित अस्पतालकी नर्सको सहयोगमा उनीहरुले उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।

युवाहरुले सोमबार २ जना र मंगलबार ३ जनालाई सहयोगको लागि तयारी गरेका छन् । उनीहरुले दुखमा परेकाहरुलाइ सहयोग गर्न अपिल पनि गरेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भोलीबाट रामेछापमा कोरोना र्‍यापिड टेष्ट गरिने

Next Post

नयाँ वर्षको शुभकामना सहित कृष्ण राइको मरे म त सार्वजनिक (भिडियो सहित)

Next Post
नयाँ वर्षको शुभकामना सहित कृष्ण राइको मरे म त सार्वजनिक (भिडियो सहित)

नयाँ वर्षको शुभकामना सहित कृष्ण राइको मरे म त सार्वजनिक (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.