Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

धादिङका एक पुरुषलाई र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

जनता भ्वाइस by जनता भ्वाइस
April 14, 2020
in समाचार
0
अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख,०२

धादिङ – धादिङमा एक पुरुषमा कोरोना पोजेटिभ भेटिएको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ स्थित मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ भेटिएको हो ।

गत फागुन २० गते दक्षिण कोरियाबाट फर्किएर होम क्वारेन्टाइनमा बसेकोमा मंगलबार र्‍यापिड टेष्टमा पोजेटिभ भेटिएको हो । कोरोना देखिएका व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनलाई जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

आइसोलेसनमा राखेपछि उनको थ्रोट श्वासलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । ‘विदेशबाट आएकाहरुको र्‍यापिड टेष्ट गर्ने क्रममा पोजेटिभ भेटिएको हो,’ उनले भने, ‘टेकु अस्पतालले परीक्षण पश्चात पुष्टि गरेमा हामीले ज्वालामुखी गाउँपालिकामा विशेष अभियान चलाउने छौँ ।’

यापिड टेष्टमा पोजेटिभ देखिएका ब्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गरेका छन् ।

र्‍यापिड टेष्टको लागि धादिङमा ३ सय किट ल्याइएको थियो । जसमध्ये २ सय ४० वटा परीक्षण भइसकेको छ । ज्वालामुखीमा मंगलबार २५ जनामा ¥यापिड टेष्ट गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए । यो समाचार nagariknews.nagariknetwork.com मा सरिता श्रेष्ठले लेखेकि छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चिसापानीमा आगलागी, दुई जना नियन्त्रणमा

Next Post

काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण

Next Post
अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू

काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.