Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विदेशमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

जनता भ्वाइस by जनता भ्वाइस
April 26, 2020
in समाचार
0
विदेशमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १४,

काठमाडौं : नेपाली कांग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको परिस्थितिमा नेपाल सरकारले मुलुकभित्रका र मुलुक बाहिर रहेका सबै नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गरी महामारीविरुद्ध लड्नुपर्ने र अभिभावकत्व प्रदान गर्नुपर्ने जनाएको छ।  

कांग्रेसले स्वदेशमा रहेका नेपालीका साथै विदेशमा रहेका करिब ५० लाख नेपालीको फरक–फरक स्थितिको सूचना विश्लेषण र आवश्यक कदमबारे छलफल गरी विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई पनि राहत, उपचार र उद्धारमा तदारुकता बढाउन जरुरी रहेको उल्लेख गरेको हो। 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक वक्तव्यमार्फत विदेशमा रहेका नेपालीबारे कांग्रेसका तर्फबाट नेपाल सरकारसमक्ष प्रधानमन्त्री एवं पराराष्ट्र मन्त्रीको तहमा पटकपटक सम्पर्क, संवाद, आवश्यक आग्रह, ध्यानाकर्षण एवं माग प्रस्तुत गरिएको उल्लेख गरे। 

हालसम्म विश्वभर करिब एक हजार २०० भन्दाबढी नेपाली कोरोनाबाट सङ्क्रमित भएका र करिब ५० नेपालीको मृत्यु भइसकेको उल्लेख गर्दै उनले नेपालीलाई सङ्क्रमणबाट जोगाउने र सङ्क्रमित भएकाको उपचारमा ढिलाइ हुन नदिन सङ्गठित पहल जरुरी रहेको बताएका छन्। सम्बन्धित देशमा रहेका नेपाली समुदायलाई थप प्रेरित र सङ्गठित गर्न जरुरी रहेको उल्लेख गर्दै नेपाल सरकारले थप कूटनीतिक एवं व्यवस्थापकीय पहल गर्नुपर्ने जनाएको छ। 

रोजगारी गुमाएका या रोजगारी खतरामा परेका विदेशका नेपालीबारे नेपाल सरकारले यथाशीघ्र ठोस दृष्टिकोण निर्माण गरेर अभिभावकत्व ग्रहण र कार्यान्वयन गर्न जरुरी छ, विज्ञप्तिमा उल्लेख छ। केही मुलुकले विदेशी श्रमिक फर्काउने घोषणा गरिसकेका सन्दर्भमा त्यस्ता देशमा रहेका नेपालीका सम्बन्धमा नेपालले आफ्नो धारणा बनाई उद्धार र तत्पश्चात्को आवश्यक बन्दोबस्तमा लाग्नुपर्ने कांग्रेसको सुझाव छ ।  प्रवक्ता शर्माले कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेर स्वदेश फर्कन चाहेका या फर्काउनुपर्ने स्थिति बनेका नेपालीका सम्बन्धमा आवश्यक कदम चाल्न सरकारले तत्कालै अध्ययन र उद्धार कार्यदल निर्माण गरी हरसम्भव व्यावहारिक प्रक्रियाको थालनी गर्नुपर्ने बताउनुभएको छ ।

यसैगरी महाकाली पारी धार्चुलामा रहेका नेपाली नागरिक तथा भारतका विभिन्न शहरबाट आएर नेपालको सीमा नाकामा अलपत्र परेका नेपालीलाई व्यवस्थितरुपले प्रवेश गराएर तीनै तहका सरकारको आपसी समन्वयमा क्वारेन्टाइनमा राख्नुपर्ने सरकारको कर्तव्य भएको कांग्रेसले जनाएको छ ।

उनले भनेका छन्, “विदेशमा रहेका विद्यार्थीलाई राहत, घर फिर्ती, शुल्क तिर्न अभिभावकले नेपालमा तीर्न सक्ने गरी सहुलियत ऋण या अनुदान आदि प्रबन्ध गरेर सरकारले उच्च आत्मीयता, ढाडस र अभिभावकत्व प्रस्तुत गर्नै पर्दछ ।” साथै सरकारले कोरोनाको जोखिम सामना गर्न स्वदेशमा रहेका साना–ठूला व्यवसायीलाई व्यावसायिक सहजताको प्याकेज निर्माण गर्न जरुरी रहेको र विदेशमा रहेका नेपाली व्यवसायीका सन्दर्भमा पनि मुलुक र व्यक्तिगत परिस्थिति हेरी आवश्यक उच्चस्तरीय पहल र अभिभावकत्व अनुभूति गराउन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । 

प्रवक्ता शर्माले कोरोनासँगको आजको सङ्घर्ष एवं यो सङ्घर्षपछिको नेपालका लागि स्वदेश र विदेशका सबै वौद्धिक मस्तिष्कले तत्कालीन र दीर्घकालीन पुनःउत्थान गर्न आवश्यक बहस र संवाद प्रारम्भ गर्न जरुरी रहेको बताउनुभएको छ । साथै उहाँले विदेशमा रहेका पार्टीका नेपाली जनसम्पर्क समितिका पदाधिकारी र सदस्यलाई थप एकता र गतिका साथ तत्कालीन र दीर्घकालीन प्रश्नमा आवश्यक समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका छन्। thahakhabar

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

क्रियाशिल महिला पत्रकार (wwj) द्वारा सकृय पत्रकारहरुलाई सामाग्री हस्तान्तरण

Next Post

कोरोना कोषमा २ अर्ब १३ करोड जम्मा

Next Post
कोरोना कोषमा १५ करोड ३१ लाख जम्मा, (नामावलीसहित)

कोरोना कोषमा २ अर्ब १३ करोड जम्मा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.